बिहिबार, मंसिर १५, २०७९

गरिब माथी यति ठुलो मजाक कहिले सम्म? सुन्दर जे-ल भित्र मारिएपछि

रोल्पा का”रागारमा झु”न्डिएको अवस्थामा फेला परेका सुन्दर हरिजन का”रागार प्रशासनको व्यवस्थापकीय कमजोरीका कारण अर्कैको सजाय का”टिरहेको छानविन समितिको अध्ययनले देखाएको छ। तर उनको मृ”त्यु र अर्कैको सजाय भुक्तान गरिरहेको घ”टनामा कर्मचारीको भने संलग्नता नभेटिएको समितिको प्रतिवेदनमा उल्लेख छ। सुन्दर हरिजनको मृ”त्युपछि छानबिन गर्न जेल विभागका निर्देशक झरेन्द्र चापागाईंको नेतृत्वमा बनेको पाँच सदस्यीय समितिले उक्त प्रतिवेदन दिएको हो। उक्त समितिले गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ।

जेठ ४ गते बेलुका ६:४० बज्दा जिल्ला कारागार रोल्पाको शौचालयमा पासो लगाएको अवस्थामा विजयविक्रम शाह भन्ने कैदी फे”ला परेका थिए। जेल प्रशासनले परिवारलाई खबर गरेपछि बल्ल उनी नेपालगन्ज उपमहानगरपालिका-२ का सुन्दर हरिजन भएको खुलेको थियो। सुर्खेतको बराहताल गाउँपालिका-१ का २७ वर्षीय विजयविक्रम शाहको सट्टा उनी जेलमा बसेको पाइएको थियो। सुन्दर हरिजनको मृ”त्यु र अर्कैको सजाय का”ट्न जेल बसेको घ”टनामा अहिलेसम्म उनीहरूको आपसी मिलेमतो मात्र देखिएको छानबिन समितिका संयोजक चापागाईंले बताए।

नेपालगन्जसम्म उनीहरू आफ्नै पहिचानमा बसेका थिए। त्यहाँ उनीहरूको एकआपसमा एकदम नजिक भएको अरू कैदीबन्दीले हामीलाई बताएका छन्। विजयविक्रम र सुन्दर प्राय: सँगै बस्ने अनि खाजाको पैसा पनि विजयले नै तिरिदिने गर्थे। सुन्दरले नै रोल्पा स्थानान्तरण गरिपाउँ भनेर निवेदन दिएका छन्। जेल प्रशासनले त्यही निवेदनका आधारमा सरूवा गरिदिएको छ। अरूलाई पनि त्यसै गर्ने हो,’ उनले भने, ‘दुबै जनालाई नेपालगन्जबाट रोल्पा एकैपटक स्थानान्तरण गरिएको देखिन्छ।

कैद भुक्तान गरेपनि सुन्दरले जरिवाना तिरेका थिएनन्। २०७७ असोज २३ गते जेलमुक्त हुनुपर्दथ्यो। सुन्दर जेलमुक्त नहुँदै अर्को मुद्दा जोडियो। २०७५ माघ महिनाको आदेशले २०७७ असोज २३ गतेदेखि नै लागु हुने गरी थप ३ महिना कै”द र ५० हजार जरिवाना हुने भयो। जरिवाना बुझाएको भए सुन्दर २०७७ पुस २३ गते जेलमुक्त हुने थिए। उनले जरिवाना बुझाउन सकेनन्। जरिवाना नबुझाउँदा पनि सुन्दर २०७८ असार १० गते जेलमुक्त हुन्थे।

तर त्यही बीचमा उनले आफूलाई रोल्पा कारा”गारमा सरूवा गरिदिन गरेको निवेदनका आधारमा जेल प्रशासनले सरूवा गरिदियो। २०७७ मंसिर ८ गते नेपालगञ्जबाट रोल्पा का”रागारमा हरिजन र शाहलाई सँगै स्थान्तरण गरिएको थियो। नेपालगञ्जबाट रोल्पा पुग्दा हरिजन शाह र शाह हरिजन बनेर नाम लेखाएको भेटिएको चापागाईं बताउँछन्। हरिजनको नाममा शाह जेलबाट निस्केको कुरा उनको मृ”त्युपछि मात्र जेल प्रशासनले थाहा पाएको चापागाईंले बताए।

जब रोल्पा पुगे उनीहरूले एक अर्काको नाममा हस्ताक्षर गरेका छन्। ४५ दिन रोल्पा बसेपछि शाह सुन्दर हरिजन बनेर निस्किएको देखिन्छ। हामीले कारागारको स्थलगत अध्ययन गर्दा उनको आत्महत्या र अर्कैको सट्टा जेल बसेको घ”टनामा अरूको संलग्नता देखिएन। परिवारले त जेलका कर्मचारी सुरक्षाकर्मीकै संलग्नता रहेको भन्दै उजुरी गर्नुभएको छ। हामीले भने त्यस्तो कुनै तथ्य फेला पारेनौं,’ संयोजक चापागाईंले भने, ’बरू कैदीबन्दीको अभिलेख राख्दा उनीहरूको पहिचान खुल्ने फोटो पनि राख्ने व्यवस्था छैन। त्यसकारण उनीहरूले आफ्नो पहिचान फेरेर कैद सट्टापट्टा गर्न सफल भए। अरू कुरा भने विजय विक्रम प”क्राउ नगरून्जेल पत्ता लगाउन गाह्रो हुने उनले बताए।

© 2022 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७