शनिबार, साउन १२, २०८१

‘साइना’ जस्तै खेलाडी बन्न अभ्यास गर्दै परिणीति

अभिनेत्री परिणीति चोपडा नवी मुम्बईको रामकेश ठाकुर इन्टरनेशनल स्पोर्टस् कम्प्लेक्समा पूरै १५ दिन बिताउने भएकी छन् । उनले आफ्नो आगामी बायोपिक फिल्म ‘साइना’को वर्कशपका लागि त्यहाँ १५ दिन विताउन लागेकी हुन् ।

परिणीति चोपडाले साइना नेहावालको जीवनीमा आधारित यस फिल्मको सुटिङका लागि ब्याडमिन्टन खेलमा सुधार गर्नुपर्ने बताएकी छन् ।

उपरिणीतिले भनिन्–‘घरदेखि लोकेशनसम्म आउन र जान करिब पाँच घण्टाको समय खर्चिनुपर्छ । हामीले स्पोर्टस् कम्प्लेक्समा अभ्यास गर्ने निणर्य ग–यौं । किनभने मैले प्रशिक्षण लिनसकुँ । मेरो खेललाई उत्कृष्ट बनाउन समत्वपूर्ण छ । किनभने सुटिङ सुरु हुनुभन्दा पहिल्यै आफूलाई पर्फेक्ट बनाउन चाहन्छु । जहाँ मैले साइना जस्तै खेल्नुछ ।’

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७