बुधबार, अशोज १२, २०७९

लोकदोहोरी गायिका दिलमायाको जब मृत्युबारे धेरै संकाहरु देखिए । त्यो रात के के भयो ?

लोकदोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छन् । काठमाण्डौंको तारकेश्वर-११ नेपालटारस्थित डेरामा उनी शनिबार बिहान मृ”त भेटिएको प्र”हरीले जनाएको छ । उनको घाँटीमा डाम देखिएको प्रा”रम्भिक अनुसन्धानमा खुलेको छ । दिलमायाको हत्या वा आत्महत्या भन्ने प्रहरीले यकिन गर्न सकेको छैन । पतिसँग सम्बन्धवि”च्छेदपश्चात उनी केही वर्षयता एक्लै बस्दै आएकी थिइन् । एक छोरा भएपनि सुर्खेतमै बस्दै आएका छन् । शुक्रबार राति दिलमायाले फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् । त्यसमा उनले आफ्नो मृ”त्युमा कसैलाई दोष नदिनु भनेकी छन् ।

लोक दोहोरी गायिका दिलमाया सुनारले आ”त्मह”त्या गरेको प्रहरीले आशंका गरेको छ । तर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले पो”ष्टमार्टमको प्रारम्भिक रिपोर्ट दिएपछि मात्रै निर्क्योल गर्ने प्र”हरी स्रोतले जनाएको छ । नेपालटारस्थित कोठामा शनिबार पौने ११ बजे उनी मृ”त अवस्थामा भेटिएकी थिइन् । प्रहरी वृत्त, बालाजुका डीएसपी गौतम मिश्रका अनुसार कोठामा घोप्टो परेको अवस्थामा उनको श”व भेटिएको थियो । लगत्तै अनुसन्धानका लागि प्रहरीले सूर्य श्रेष्ठ नामक व्यक्तिलाई नियन्त्रणमा लिएको मिश्रले अनलाइनखबरलाई बताए ।

‘उनले सोधपुछका क्रममा बिहान ब्युँझिदा झु”’ण्डिएको अवस्थामा देखेपछि निकालेको भनेका छन्’ ती अधिकृतले भने, ‘तर आफू आत्तिएकाले सल निकालेर लुकाएको बताएका छन् ।’ त्यही आधारमा शनिबार बिहान ३ बजेपछिको समयमा घ”टना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । साथै, श्रेष्ठले भनेको स्थानमा प्रहरीले सलको खोजी थालेको स्रोतको भनाइ छ । श्रेष्ठसँग सुनार ‘लिभिङ टुगेदर’मा बस्दै आएकी थिइन् ।

श”वको जाँचबुझमा संलग्न चिकित्सकहरुका अनुसार घाँ”टीमा ‘मार्क’बाहेक शरीरमा अन्य कुनै चोटपटक देखिएको छैन, त्यसैले उनले झु”ण्डिएर आत्मह”’त्या गरेको हुनसक्ने आशंका गरिएको छ । तर घो”प्टो परेको अवस्थामा शव भेटिनु र झुण्डिन प्रयोग भएको वस्तु बरामद नहुनुले घ”टनालाई रह”स्यमय बनाएको छ । डीएसपी मिश्र भन्छन्, ‘झु”ण्डिएको हो वा झु”ण्ड्या”’इएको वा के हो भन्ने विषयमा साँझसम्ममा केही बताउँछौं । तर अनुसन्धानमा संलग्न एक अधिकृतले सुनारले सलमा झु”’ण्डिएर आत्मह”त्या गरेको आशंका गरिएको अनलाइनखबरलाई बताए ।

उनको भनाइमा घ”टना भएका बेला श्रेष्ठ पनि घरमा सँगै थिए । फेसबुकमा आफ्नो गीत जहाँ छ, जति छ बजारमा ल्याइदिनु पनि भनेकी छन् । ‘म धेरै थाकें अब म बाच्न सक्दिनँ, यो दुनियाँ धेरै स्वार्थी छ’ स्टाटसमा भनिएको छ । ‘म आफ्नो इच्छाले यो कदम उचालेकी छु, कसैलाई दोष छैन । कसैले खोजीनीति पनि नगर्नु र पो”ष्टमार्टम पनि नगर्नु, मसित पैसा छैन । थोरै सुन छ, त्यो बेचेर छोरालाई दिनु’ भनिएको छ । तर उनका आफन्त र लोक दोहोरी प्रतिष्ठानले यो आईडीबाट पो”स्ट भएको स्टाटसमा पनि आशंका गरेको छ । डीएसपी मिश्र भन्छन्, ‘स्टाटसको विषय पनि अनुसन्धान भइरहेको छ ।’

सुनारको फेसबुकमा शुक्रबार राति १:२० बजे ‘जिन्दगीमा धेरै उतारचढाव भोगेको र जान्ने भएर आफैं एक्लो भएको’ भन्दै स्टाटस पोष्ट भएको छ । ‘कसैको माया पाउन जति कोशिश गरे पनि पाउन सकिनँ, तर पनि हार खाइनँ’ स्ट्याटसमा भनिएको छ, ‘तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिनदिनै मर्न सकिनँ आमा । तिम्री छोरी धेरै थाकी छे । स्टाटसमा आमालाई सम्बोधन गर्दै ‘बहिनी, छोरी छन्, मन बुझाउनु नरुनु’ भनिएको छ । साथै छोरालाई सम्बोधन गर्दै ‘तिमीलाई पढाउन र ठूलो मान्छे बनाउने मन थियो, जसरी भए पनि ठूलो मान्छे बन्नु है, म नभए पनि त मेरो आर्शिवाद सधैं तिमीसित हुने छ’ भनिएको छ ।

३० वर्षीया गायिका सुनार लाइभ दोहोरी गीतका कारण चर्चामा आएकी थिइन् । उनले ख्यातिप्राप्त लोकदोहोरी गायक राजु परियारसँग मिलेर पनि केही चलेका लोकदोहोरी गाएकी थिइन् । केही महिनाअघि सम्पन्न राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् । पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2022 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७