शनिबार, साउन १२, २०८१

यस्तो भयो काठमाडौँको स्कुल भित्र ! रमा रायमाझी भित्र यसरी भेटिए पछि

विगत ५ वर्षदेखि बुद्धनगर स्थित काठमाडौं मोडेल स्कुल (केएमसी स्कुल) को होस्टलमा क्यान्टिन सहयोगीको रुपमा काम गर्दै आएकी २१ वर्षीया रमा रायमाझी झुन्डिएको अवस्थामा फेला परेकी छन् । काभ्रे जिल्ला तेमाल गाउँपालिका ७ मेच्छे स्थायी घर भएकी रायमाझीको शव शनिबार बेलुकी स्कुलको ग्राउण्ड फ्लोरमा रहेको होस्टलको कोठामा झुन्डिएको अवस्थामा भेटिएको हो। जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म क्यान्टिनमा काम गर्दै आएकी उनी शनिबार बेलुका ७ः३० बजेसम्म कोठामा नपुगेपछि आफ्न्तले खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका छैनन्। मृतककी ३ दिदी बहिनी र १ जना दाजु छन्। उनी जेठी छोरी हुन् । आमाबुबा भने गाउँमै खेती गर्छन्। पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७