मङ्लबार, बैशाख ४, २०८१

घरमा आमा थला, फिल्मीसैलीमा प्रनिश गायब ! साइकल बाटोमा भेटियो तर छोरो अझै बेपत्ता

झापाको विर्तामोडस्थित एक बोर्डिङ स्कुलमा अध्यायनरत एक जना विद्यार्थी हिजो (विहीबार) विद्यालयबाट कोचिङ पढेर घर फर्कने क्रममा घर नपुगी बाटैबाट सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा बिर्तामोड–७ स्थित कञ्चन बोर्डिङ स्कूल कक्षा ८ मा अध्ययनरत प्रनिश शिवाकोटी रहेका विद्यालय प्रशासनले जनाएको छ । बिर्तामोड–७ बस्ने गंगा शिवाकोटीको नाति १५ वर्षीय प्रनिश बिहीबार ९ बजेपछि विद्यालयबाट कोचिङ सकेर घर जाने क्रममा परिवार, आफन्त साथीभाइ र विद्यालयसंग सम्पर्कविहीन भएका विद्यालयका शिक्षक बद्री बास्कोटाले जानकारी दिए ।

उनका अनुसार सिवाकोटी परिवार, आफन्त साथीभाइ तथा विद्यालयसँग सम्पर्कमा नआएपछि प्रहरीलाई जानकारी गराई सकिएको जनाए । गहुँगोरो वर्णका सिवाकोटीले स्कुलको हाउस ड्रेस (हरियो टीसर्ट– पहेलो बोर्डर भएको, नीलो ट्राउजर र कालो जुत्ता) लगाएर सम्पर्कविही न भएको हुँदा कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा मोवाइल नम्बर ९८१७९५७११७ र ९८०४९५५६५७ मा सम्पर्क गरि सहयोग गरिदिन समेत आफन्तले सबैमा आग्रह गरेका छन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७