शुक्रबार, बैशाख १४, २०८१

टिकटकबाट भाइरल सबैकी प्यारी सुष्मिता चौलागाई पहिलो पटक मिडियामा। बालेन शाहलाई टिकटक बनाएर सहयोग

पछिल्लो समय सामाजिक संजाल टिकटक सबैको प्यारो भएको छ। टिकटक बाट नै धेरै मानिसहरुले आफ्नो भबिस्य राम्रो बनाएको देखिन्छ। टिकटक कै माध्याम बाट धेरै व्यक्तिले हरुले आफु भित्र लुकेर रहेका प्रतिभाहरु प्रस्तुत गर्न पाएका छन्। टिकटकको सहि सदुपयोग गर्न सक्यो भने यो धेरै नै राम्रो एप हो। यस्तै टिकटक कै माध्याम बाट सबै सामु परिचित भएको रौतहट कि सुस्मिता चौलागाई पहिलो पटक मिडियामा आएकी छिन।

सुस्मिता हेर्दा जति नै राम्री देखिन्छिन त्यति नै राम्रो उनको बोलि र मुस्कान रहेको छ। टिकटक मा मिठा मिठा शब्द भनेर सुस्मिता ले सबैको मन जित्न सफल भएकी छिन। पछिल्लो समय काठमाडौँ का मेयर बालेन साहको समर्थन मा पनि उनले टिकटक भिडियो बनाएकी थिइन्। जसलाई धेरै ले रुचाएका थिए। रौतहट को चन्द्रपुर् नगरपालिका ४ चन्द्रनिघापुरमा घर भएकी सुस्मिता भाई र बहिनि संग बस्दै काठमान्डौ मा मास्टर्स पढ्दै छिन।

सुस्मिता को जन्म उनको मामाघर सिरहामा भएको हो र बाल्यकाल पनि केहि समय मामा घरमै बित्यो। मामा घरकी हजुर आमा को काखमा हुर्किएकी सुस्मिता निकै सस्कारी देखिन्छिन। स्वर्गबास भएकी हजुरमा को माया उनलाई धेरै नै लाग्दो रहेछ। त्यसैले पनि होला हजुरआमाको कुरा गर्दा उनको आखा भरि आशु भयो। जन्मिदै मामाघर मा बसेकी सुस्मिता आफ्नो बुबा मम्मीको भन्दा पनि मामा र मावली आमा माया धेरै लाग्छ भन्दै भाबुक बनिन।

सुस्मिता हेर्दा जति राम्री , सोझी, सालिन देखिन्छिन त्यो भन्दा बढी उनको सोच बिचार उत्तिकै राम्रो छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७