मङ्लबार, चैत्र ६, २०८०

“पर-पुरुषसँग लगेको कारण मारे ” दिनेशले लेखेको १० पानाको चिठीमा हेर्नुहोस् के के छ ?

आइतवार साँझ छिमेकीकहाँ खाना खाएर आएको थियो दिनेश र सुनिता पाण्डेको परिवार। खाना खाएर आएपछि पाण्डे परिवार तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीस्थित एक तले घरभित्रै सखाप भएको छ। लामो समयदेखि चलेको झगडाको परिणाम ४१ वर्षीय पति दिनेशले पत्नी ३९ वर्षीया सुनितासहित दुई छोराछोरीको पनि ज्या”न लिएको प्रहरीको सुरुवाती अनुसन्धानले देखाएको छ। महानगरीय प्र”हरी परिसर र काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको अनुसन्धानबाट सुरुमा दिनेशले ओछयानमै छोराछोरी र भुइँमा पत्नीको हत्या गरेका थिए।

त्यसपछि आफू अर्को कोठामा गएर पेट र छातीमा छुरा हानेको भेटिएको छ। झ्यालको रेलिङमा बिजुलीको तारमा झुन्डि”’एका उनले घ”टनाको प्रकृति हेर्दा आफैंलाई छु”रा हानेको पाइएको हो।आइतवार राति कुन समयमा घटना भयो भन्ने खुलेको छैन। छिमेकीले समेत कसैले पनि चि”च्याएको नसुनेपछि बिहान साढे ८ बजेतिर मात्रै घ”’टनाबारे थाहा भएको हो। नजिकैको चोकमा इलेक्ट्रोनिक र कपडाको पसल समेत चलाउँदै आएका पाण्डे परिवार नै स”खाप भएको कुरा १३ वर्षीया छोरी आशिकालाई स्कुल लैजान सेनाको बस आएपछि मात्रै खुलेको थियो।

दिनेशले ८ वर्षीय छोराको पनि ज्या”न लिएका छन्। आर्मी स्कुलमा पढ्ने आशिकालाई लिन सेनाको स्कुल बस उनीहरुको घरबाट करिब ५० मिटर पश्चिमतर्फ बसस्टपमा पुगेको थियो। सधैँजसो आशिका आइपुग्ने प्रतिक्षामा केही बेर उक्त बस कुरेर बसेको थियो। तर आशिका नआएपछि सेनाको स्कुल बसका कर्मचारीले त्यहाँ सोधखोज गरेका थिए। बस पुगेर कुरिरहे पनि आशिका नआएपछि स्कुल बसका कर्मचारीले उनी किन आइनन् भनेर त्यहाँ सोधखोज गरे।

स्कुल बसका कर्मचारीले चासो राखेपछि स्थानीय छिमेकीहरू पाण्डे परिवारको एक तले घरमा पुगेका थिए। तर छिमेकीले गएर बोलाउँदा पनि आशिका स्कुल जान निस्किनन्। पाण्डे परिवारको मूलढोका नै बन्द थियो। स्कुल बस कुरिरह्यो तर आशिका घरबाट निस्किनन्। उनको नाम लिइसकेकपछि किन आइनन् भनेर छिमेकीले खोजी थालेछन्’, एक प्रहरी अधिकारीले भने, ‘सोध्न जाँदा ढोका बन्द रहेछ।

नजिकै पाण्डे परिवारका दाइको घर पनि रहेछ। दाइसहित छिमेकी जम्मा भए घरमा बोलाउँदा नबोलेपछि प्रह”रीलाई खबर गरेका थिए।’प्रहरी आएर एकतले घरको मूलढोका फुटाएर हेर्दा चारैजना र”गताम्य अवस्थामा मृत भेटिएका हुन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७