मङ्लबार, चैत्र ६, २०८०

एकै परिवारका ३ जानलाई टुक्रा पारेर फालेपछि.. उदयपुरमा हेर्नुहोस्

बो क्सी भन्दा प्रहरीलाई भनिदिन्छु भनेको झोकमा उदयपुरको बेलका नगरपालिका ७ गौधाटार मैनामैनीमा एकै परिवारका तीन जनाको हत्या भएको छ।प्रहरीको
प्रारम्भिक अनुसन्धान अनुसार नरबहादुर बस्नेतले बोक्सी भनेपछि राजकुमार बस्नेतले प्रहरीलाई भनिदिऊँ भनेको झोकमा खुकुरीले हानेर तीन जनाको हत्या गरेको देखिएको छ।

उनले राजकुमार बस्नेत, उनकी श्रीमती ३० वर्षीय सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतलाई खुकुरीले हानेर हत्या गरेको देखिएको छ।अनुसन्धानमा संलग्न स्रोतका अनुसार
खेतमा गएका नरबहादुरले राजकुमारकी श्रीमतीलाई बोक्सी भनेका थिए। त्यसपछि राजकुमारले अहिलेको जमानामा पनि बोक्सी भन्ने हो।

प्रहरीलाई भनिदिऊँ भनेपछि उनले खुकुरीले हानेका थिए। राजकुमारलाई खुकुरीले हानेपछि नजिकै रहेकी उनकी श्रीमतीलाई पनि खुकुरीले हाने। अनि छोरालाई पनि खुकुरी
प्रहार गरेका थिए।उनी हत्या गरेर भागेका थिए। सोही नगरपालिका ६ बरबोटेमा उनलाई प्रहरीले फेला पारेको थियो।

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७