शनिबार, साउन १२, २०८१

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा भालुवाङका युवा सक्रिय

माइक्रोलिंक । धुर्मुस सुन्तली फाउन्डेसनको नेतृत्वमा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दाङ देउखुरीको भालुवाङका युवाहरू सक्रिय रूपमा लागेका छन् । चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको राम पुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधा सम्पन्न रङ्गशाला निर्माणका लागि जन स्तरमा सहयोगको खाँचो परेकाले दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरणहरू नामक संस्थाले देउखुरी क्षेत्रका विद्यालय तथा क्याम्पसहरूमा रङ्गशाला निमार्णका बारेमा जानकारी गराउँदै आर्थिक सङ्कलन अभियान चलाएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनको सहकार्यमा सञ्चालन गरेको अभियानमा हाल सम्म कुल ३८ हजार ३ सय ६५ रुपैयाँ सङ्कलन गरेको छ । जस अन्तरगत

  • आदर्श नमुना मावि राप्ती गाउँपालिका २ लालमटियाका विद्यार्थीहरूबाट ५ हजार १ सय ९५
  • पब्लिक एजुकेसन एकेडेमी राप्ती गाउँपालिका २ लालमटियाका विद्यार्थीहरूबाट १ हजार ४ सय २०
  • एेरावती आदर्श बहमुखी क्याम्पस राप्ती गाउँपालिका २ लालमटियाका विद्यार्थीहरूबाट ४ हजार ७ सय ६०
  • मुनलाइट मावि राप्ती गाउँपालिका २ लालमटियाका विद्यार्थीहरूबाट २ सय ९५
  • नेपाल राष्ट्रिय मावि राप्ती गाउँपालिका १ भालुवाङका विद्यार्थीहरूबाट १ हजार ८०
  • मावि माैरीघाट राप्ती गाउँपालिका ४ माैरीघाटका विद्यार्थीहरूबाट २ हजार ९ सय ७०
  • सर्वोदय मावि राप्ती गाउँपालिका ५ सिसहनियाँका विद्यार्थीहरूबाट ३ हजार ९ सय ४०
  • सुर्यविनायक मावि लमही नगरपालिका १ नर्तीका विद्यार्थीहरूबाट ५ सय ७५
  • जनता मावि गढवा गाउँपालिका १ कालाकाटेका विद्यार्थीहरूबाट १ हजार ८ सय ८०
  • राप्ती प्राविधिक शिक्षालय राप्ती गाउँपालिका ४ माैरीघाटको विद्यार्थी कल्याणकारी बाट ३ हजार ८ सय १०
  •  भालुवाङका उद्योगी ,व्यापारी ,समाजसेवी बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूबाट १२ हजार ८ सय ५५  रुपैयाँ सङ्कलन भएको हो ।

यसै बिच भालुवाङमा शनिवार पत्रकार सम्मेलन गरेर अभियानको बारेमा जानकारी गराएको छ । संस्थाका अध्यक्ष सुर्यकिरण केसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अभियानका बारे संस्थाका उपाध्यक्ष अशोक बेल्वासेले जानकारी गराएका थिए । भने पत्रकार सम्मेलनको सञ्चालन संस्थाका सचिव विमल राना मगरले गरेका थिए ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७