शनिबार, साउन १२, २०८१

श्रीमानलाई क्यान्सर भए पछि श्रीमतीले गरिन् अर्को बिहे, भोजराज थापाले सहयोगको भिख माग्दै

दाङ १४ माघ,  दाङ राजपुर गाउपालिका वडा न:५ चंग्रहा  स्थित राजेन्द्र भण्डारी लाई घाटीमा क्यान्सर भए लगतै उनकी उनकी श्रीमतीले अर्को बिहे गरेकी छिन् l घरको आर्थिक अवस्था कम भएको कारण राजेन्द्रलाई उपचार गर्न सकिएको छैन l अलि अलि भएको सम्पति पनि सबै उपचारको लागि सकिएको छ l घरमा कमाउने मान्छे कोइ नभएको कारण उनलाई मर्नु न बाच्नु  भएको छ l पटक पटक राजेन्द्रले आत्महत्या को प्रयास गरे तर एक दिन गाउलेले देखर उनलाई बचेका थिए,केहि सहयोग,उपचार हुन्छ कि भनेर मिडियामा सम्पर्क गरे l मिडिया पुग्दा उनको अवस्था एक डाम नाजुक थियो l पहिले घाटीमा सानो खटिरो र पछि बढेर ठुलो  भएको थियो l राजेन्द्रको  उपचारको लागि पैसा नभएको कारण मिडियाका भोजराज थापा ज्युले सहयोगको भिख माग्दै आउनु भएको छ l

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७