शनिबार, साउन १२, २०८१

दाङमा स्कुल बसको ठक्कर बाट १८ महिने बालिकाको ज्यान गयो

अमृता के सी,लमही दाङको लमहीमा  स्कुल बसले किचेर एक १८ महिने बालिकाको ज्यान गएको छ। बेलुका ३ : ४० बजेको समयमा गोर्खा मोडेल बोर्डिङ स्कुलको रा १ क १०२८ नम्बरको बसले किच्दा स्थानीय छोटु मुसलमान कि १८ महिने छोरी सलिना खातुन को    ज्यान गएको हो l लमही वडा प्रहरी प्रमुख प्रज्वल थपलियाको अनुसार लमही नगरपालिका वडा नम्बर ६ स्थित स्वामी चोक नजिक  स्कुल बसले किचेर सलिनाको ज्यान गएको हो। स्कुलका विद्यार्थी छोडेर फर्कदै गर्दा  स्कुल बस तिब्र गतिमा भएको हुदा    उक्त बालिका लाई किचेको थियो l  बालिका लाई ठक्कर दिने बस र त्यस्का चालक राप्ती गाउपालिका वडा नम्बर १ पाखापानी बस्ने ४० बर्षीया ओल बहादुर पुन लाई प्रहरीले निएन्त्रण मा    लिएको छ l

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७