शनिबार, साउन १२, २०८१

थरुहटले गरेको बन्द आजबाट सकियो

दाङ्ग , अधुरो संविधान संसोधन, टिकापुर घटनाको बारेमा सरकारले गरेको छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै थरुहट÷थारुवान मोर्चाले आह्वान गरेको आमहड्ताल बुधबार बेलुका ५ बजे बाट खुलेको छ ।

फागुन २० र २१ गते बन्द गर्ने भनेर मोर्चाले पुर्बजानकारि नै गराई सकेको थियो । मोर्चाका आन्दोलन परिचालन समितिका संयोजक प्रकाश चौधरीले विज्ञप्ति जारी गर्दै आम हड्ताललाई सहयोग र्पुयाउने सबैलाई धन्यवाद दिदै बेलुका ५ बजेदेखि बन्द खुलेको खुलको जानकारी दिए ।

आज देउखुरीको लमहीमा आयोजित कोण सभालाई संवोधन गर्दै आन्दोलन परिचालन समितिका संयोजक प्रकाश चौधरीले अधुरो र अपुरो संविधान संसोधन गर्न सरकारसंग माग गरे । बन्दका कारण हिज देखि रोकिएका लामो दुरीका सवारी साधन गन्तब्य तर्फ लागेका छन् ।

दुई दिन भएको बन्दमा दाङ्गमा कुनै पनि अप्रिय घटना नघटेको दाङ्ग प्रहरीले बताएको छ । आन्दोलन परिचालन समितिका संयोजक प्रकाश चौधरी, प्रभा चौधरी, लालमणी चौधरी, उमाकान्त चौधरी, रञ्जित चौधरी लगायतले सम्बोधन गरेका थिए ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७