शुक्रबार, बैशाख १४, २०८१

दाङ्गमा बसको ठक्करबाट एकजनाको मृत्यु

दाङ्ग, दाङ्गमा बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।

दाङ देउखुरी लमही नगरपालिका वडा नम्बर १ सुनडबरी स्थित पूर्वबाट पश्चिम तर्फ जादै गरेको रा १ ख १७९५ नम्बरको बसले लमही नगरपालिका वडा नम्बर १ सुनडबरी निवासी १९ वर्षिय हुमबहादुर घर्ती मगरलाई ठक्कर दिदा घर्तीको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

बिबाहमा सहभागी भएर फर्किदै गरेको बसले सडक छेवमा हिडिरहेका घर्तीलाई ठक्कर दिदा घटनास्थलमै उनको ज्यान गएको थियो । बसले ठक्कर दिएर घर्तीको ज्यान गैसकेपछि स्थानीयले केहि समय पुर्बपश्चिम राजमार्ग बन्द गराएका थिए ।

बन्द खुलाउन प्रहरीले बल प्रयोग गर्दा स्थानिय र प्रहरीको सामान्य विवाद समेत भएको थियो । घटना पछि मृतकलाई क्षतिपूर्ति उपलब्ध गराउने र बस चालकलाई हदै सम्मको कारबाही हुने दुई पक्षीय सहमति पछि शवलाइ लमही अस्पतालमा पोष्मार्टमको लागि ल्याइएको थियो ।

अहिले मृतकको शब् पोष्ट मार्टम गरेर परिवारलाई बुझाई सकेको वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रमुख पुराण मल्लले जानकारी दिए ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७