शनिबार, साउन १२, २०८१

चप्पल उद्योगमा आगलागी

बांके, नेपालगञ्ज स्थित इन्द्रपुरमा रहेको चप्पल उद्योगमा आगलागी भएको छ ।  जानकी गाउँपालिका–३, इन्द्रपुरमा रहेको जय सियाराम मेनु फैक्चरिङ इन्ड्रस्टिज प्रालीमा गएराती १२ बजेदेखि विहान आठ बजेसम्म आगो लागेको हो

आगलागीबाट दिलिपकुमार चमार घाइते भएका छन् । उनको हात र खुट्टा पोलिएको छ । नेपालगञ्ज–खजुरा सडक खण्डमा रहेको उद्योगमा चप्पल, पोछा र ट्वाइलेट ब्रस बन्दथ्यो ।

उद्योग सञ्चालक अमरजित सिंहले क्षतिको विवरण यकिन भइनसकेको बताए । मध्यरातमा लागेको आगो बाँके र बर्दियाका ६ वटा दमकल, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टीमले विहान आठ बजे नियन्त्रणमा लिएका थिए ।

उद्योगमा दिनरात दर्जनबढी कर्मचारीले काम गर्दथे । होली परेकाले मंगलबार राती कोही थिएनन् । आगलागीसँगै ठूलो आवाज आएको स्थानीयले बताए ।

घाइते चमारको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले ठूलो संख्याका प्रहरी रातभरी नसुतेर आगो निभाउन खटिएको बताए ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७