शनिबार, जेष्ठ १३, २०८०

स्वास्थ्यको महत्व बुझ्न आवश्यक– नगर प्रमुख केसी

दाङ्ग, स्वास्थ्य मृगौला सबैको लागि सबै ठाउँमा भन्ने मुल नारा सहित लमही सामुदायिक डायलाइसिस सेन्टरले विश्व मृगौला दिवसको अवशरमा जन चेतना ¥याली गरेको छ ।

बिभिन्न स्कुलबाट उपस्थित भएका बिद्यार्थीहरुले नियमित ब्यायम गरौ । खानपिनमा नुनको मात्रा कम गरौ । रोगको पहिचान, हाम्रो अभियान” जस्ता प्ले कार्ड बोकेका थिए । लमहीको रातो डाडाबाट पञ्चेबाजा र शहनाई सहित निस्केको टोलिले लमही बजार परिक्रमा गरि चौराहामा आएर कोणसभामा परिणत भएको थियो ।

“मृगौला रोगबाट बच्नका लागि सबैमा यो सन्देश पुगोस भनेर हामीले यो कार्यक्रम गरेका हौ” रोटरी क्लव अफ लमहीका अध्यक्ष रबिलाल आचार्यले भने । मिर्गाैलालाई सुरक्षित राख्न खानपान र शारीरिक व्यायाममा बिषेस ध्यान दिनु पर्ने डाक्टर गणेश चापागाईले बताए ।

बर्षमा एक पटक मृगौलाको परिक्षण गर्नु पर्ने बताउदै अन्य कुरामा समेत ध्यान दिन चापागाईले आग्रह गरेका छन । त्यस्तै लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले मृगौला सम्बन्धि जनमानसमा चेतना जोगाउन आबश्यक रहेको बताए ।

कार्यक्रमा सहभागिलाई स्वास्थ्यको महत्व बुझ्न अनुरोध गरे । रोटरी क्लव अफ लमही र सामुदायिक डायलाइसिस सेन्टरले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरेका हुन ।

रोटरी क्लव अफ लमहीका अध्यक्ष रबिलाल आचार्यको अध्यक्षता एवम लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सन्चालन सचीव केशब घिमिरेले गरेका थिए ।

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७