शनिबार, साउन १२, २०८१

दुर्घटनामा गम्भीर घाइते चौधरीको मृत्यु

दाङ्ग, यहि फागुन २८ गते स्कुटी दुर्घटनामा गम्भीर घाइते भएका लमही नगरपालिका वडा नम्बर ५ देउपुर निवासी बर्ष ३० का राम प्रसाद चौधरीको उपचारका क्रममा ज्यान गएको छ ।

देउपुरमा रा १ च ६२२ नम्बरको बोलेरो जिप र रा ५ प् ३७१९ नम्बरको स्कुटर एक आपसमा ठोकिदा चौधरी गम्भीर घाइते भएका थिए । घाइते चौधरीको बुटवल चौराह अस्पतालमा उपचारका क्रममा हिज विहीवार मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रमुख पूरान मल्लले जानकारी दिए ।

मृतक चौधरीको शबलाई पोष्ट मार्टम पछि आफन्तलाई बुझाई सकेको प्रहरीले बताएको छ । बोलेरो जिप र चालक लमही नगरपालिका वडा नम्बर २ सोनपुर निवासी स्टेफन चौधरीलाई नियन्त्रणमा लिएर मुद्दा समेत दर्ता गरि कारबाही प्रक्रिया अघि बढेको निमित्त प्रमुख मल्लले जानकारी दिए ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७