शनिबार, साउन १२, २०८१

भोजराजले लगे घर मै यति धेरै सहयोग,बिष्नीको परिवारमा खुशी छायो(पुरा भिडियो सहित हेर्नुहोस)

गुल्मी l अबिबाहित १६ बर्ष कि किशोरीको पेटमा छ ८ महिनाको गर्भ l गुल्मी जिल्ला धुर्कोट गाउपालिका पनाहामा भएको एउटा घटना जुन अहिले सामाजिक संजाल मा आएको छ lगरिबी को चपेटा माथि रहेकी यी किशोरी माथि यस्तो कुकर्म गर्ने व्यक्ति को हो खुल्न सकेको छैन lमानसिक सन्तुलन कम भएकी किशोरीले आफ्नो पेटमा गर्भ रहेको कुरा पछि मात्र थाहा पाईन जब कि उनको पेटको आकार एक्कासी ठुलो भयो l  महिनावारी पनि भएको पनि थाहा नपाउने किशोरी माथि कसले गर्यो यस्तो कुकर्म l

यी किशोरीलाई बच्चा कति महिनाको जन्मन्छ र पेटमा भएको बच्चा कति महिनाको भयो त्यो पनि थाहा छैन l ७ जनाको परिवार मध्य यी युवती घर को जेठी छोरि हुन l बिस्नी दमाई नाम गरेकी किशोरी ले आफु माथि यस्तो कुकर्म गर्ने दुइ जना केटा हुन् भनेकी छिन तर को हो नाम थाहा छैन  भनेकी छिन l घरमा पनि आमा बुबा को डरले आफु माथि भएको यो घटना कसैलाई  नभनेको र प्रहरी प्रसासन मा पनि यो खबर नगरेको बताईन l मानसिक सन्तुलन कम भएकी बिस्नी कैले पनि स्कुल नगएको पनि बताएकी छिन l अनन्त बिस्निले यो घटना घटेको सबै कुरा बताएकी छिन l

१६ बर्षे किशोरी को पेटमा ८ महिनाको बच्चा छ तर उनको घरमा न त राम्रो बस्ने ठाउ छ न त खाने कुरा l एक छाक त कसरि गुजारा गर्ने  भन्ने परिवार छ त्यस माथि किशोरी को त्यो अवस्था l छर छिमेकी कोहि छैनन् त्यस कारण उनीहरु लाई  जिबन जिउन गार्हो छ l घर मा केहि खाने कुरा नभए पछि पत्रकार भोज राज थापा को एउटा टिमले यी युवती को घर मा केहि खाने कुरा दिएर सहयोग गरेका छन l

पुरा भिडियो सहित हेर्नुहोस

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७