शनिबार, साउन १२, २०८१

नदिजन्य पदार्थ उत्खनन क्षेत्रको अनुगमन

दाङ्ग, सधै जसो नदिजन्य पदार्थको बिषयलाई लिएर बिभिन्न टिका टिप्पणी भैरहने लमही नगरपालिकाले यो पटक भने नदिजन्य पदार्थ उत्खनन हुनु पूर्व नै साबधानी अपनाएको छ ।

लमही नगरपालिका स्तरिय नदिजन्य पर्दाथ उत्खनन ओसार पसार र प्रयोगलाई व्यवस्थित गर्न गठित अनुगमन समितिले आज शुक्रबार उत्खनन र बितरणका लागी ठेक्का सम्झौता गरेको राप्ति नदि क्षेत्रका बिभिन्न २ स्थानको अनुगमन गरेको छ । अनुगमन समितिले वडा नम्बर ४ अन्तर्गत रहेको राप्ती नदिको गुर्जीहवा र बुटकवा घाटको अनुगमन गरेको हो ।

नगरपालिकाबाट उक्त क्षेत्रमा नदि जन्य पर्दाथ उत्खनन ओसार पसार र बितरणको लागी सन्तोष बुढाथोकीसंग ठेक्का सम्झौता गरेको छ । लमही नगरपालिकाका उप प्रमुख तथा कार्यबहाक नगर प्रमुख देबका बेलबासेको अगुवाईमा नागरिक समाज दाङका सयोजक निम बहादुर थापा, डिभिजन बन कार्यालयका निमित्त प्रमुख देबि प्रसाद चौधरी, वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलिया, सशस्त्र अजुर्न खोलाका डिएसपि ईश्वरि दत्त भट्ट , नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाह, लमही नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष, नेकपाका प्रतिनिधि लगाएतका पदाधिकारीहरुले अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा बुटकवा घाटबाट नदिजन्य पर्दाथको उत्खननको काम शुरु नभएको र गुर्जीहवा घाटबाट उत्खननको काम शुरु भएको देखिएको अनुगमन समितिले जनाएको छ । सो क्रममा अनुगमन कर्ताहरुले नदिजन्य पर्दाथको उत्खनन क्षेत्रको सिमा देखिने गरि सांकेतिक चिन्ह राख्नुपर्ने, कति मिटर गहिराई कति मिटर लम्बाई र चौडाईबाट नदिजन्य पर्दाथ निकाल्न अनुमति प्राप्त भएको हो सोको जानकारी सहितको होर्डिङबोड राख्न ठेकेदारलाई सुझाब दिएका थिए ।

लमही नगरपालिकाबाट अबैध रुपमा नदिजन्य पर्दाथको उत्खनन र निकासि भएको गुनासो बढ्न थालेपछि लमही नगरपालिकाले नगर प्रमुख कुल बहादुर केसीको अध्यक्षतामा नगरपालिका क्षेत्र भित्रका राजनितिकदल, पत्रकार र अन्य सम्बन्धित कार्यालयका प्रमुख वा प्रतिनिधिको सहभागी हुने गरेर अनुगमन समिति गठन गरेको छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७