मङ्लबार, चैत्र ७, २०७९

गाउँ गाउँ पुग्दै साबुन पानीले हात धुने कार्यक्रम

दाङ्ग,  कोरोना भाइरसका बारेमा सचेतना अभियान लिएर सामाजिक अभियान्ता र जनप्रतिनिधिहरू नेपाल भारत सिमा क्षेत्रमा पुगेका छन् ।

उनीहरुले करिन एक महिना यता साबुन,लहरे गुर्जो र मास्क साथमा लिएर दुर दरजाका बस्तीमा पुग्ने गरेका छन् । लमही नगरपालिकाका उपप्रमुख देवका बेलबासे, राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादव, वडा नम्बर ६ का वडाध्यक्ष श्याम बहादुर रोका, पतंजली योग समिति दाङ्गका जिल्ला उपाध्यक्ष सहाना श्रेष्ठ, लमही नगर समितिका अध्यक्ष भेषराज भट्टराई र दुर्गा ओली कोरोना भाइरस बिरुद्द सबैलाई सचेत गराउनका साथै साबुन पानीले हात धुनु पर्छ भन्ने संदेश लिएर शनिवार खाङ्ग्रा नाका पुगेका हुन् ।

कोरोना रोग बाट कसरि बच्ने भन्ने संदेश त् छदै छ साथमा लहरे गुर्जो जुन स्थानीय स्तरमै पाइन्छ त्यो जडिबुटी पनि सेवन गर्न सके स्वास्थ्यलाई निरोगी बनाउने कुरा समेत स्थानीयलाई जानकारी दिइएको छ । नाकाका स्थानीय, सुरक्षाकर्मीलाई मास्क, साबुन जडिबुटी बाडिएको हो ।

यति बेला आम जनमानसमा कोरोना भाइरसले त्रसित गराईरहेको छ । यो रोगबाट कसरि बच्न सकिन्छ, सुरक्षा उपाय कसरि अपनाउने जस्ता कुराहरु अझै पनि बिकट बस्तीमा बसोबास गर्ने सर्बसाधारणलाई जानकारी छैन । राज्यले पनि सर्बसाधारणको स्वास्थ्यलाई ख्याल गरेर थुप्रै सुचना जारि गरेको छ । राज्यको पहुच हुन् नसकेको गाउँ र बस्तीमा यति बेला सामाजिक संघ संस्था पुगेर सेवा गरिरहेका छन् ।

नेपाल भारत सिमाक्षेत्र खुल्ला भएको कारण अहिले नाका क्षेत्रमा कोरोना सम्बन्धि आम मानिसमा सचेतना फैलाउने हिसाबले नेपाल भारत सिमानाको कोइलाबास नाकामा हेल्थ डेस्क स्थापना भएको छ भने आइतवार देखि प्राय नाका क्षेत्रमा राजपुर गाउँपालिकाले कोरोना भाइरस चेकजाँचका लागि स्वास्थ्यकर्मी खटाउन लागेको उपाध्यक्ष धनपती यादवले बताईन ।


कार्यक्रममा लमही नगरपालिकाका उपाध्यक्ष देवका बेलबासेले दाङ्ग र भारतको सिमाना जोडिएको बताउदै नाका क्षेत्रलाई बिशेष ध्यान दिनु पर्ने कोरामा जोड दिएकी छन् । नाका क्षेत्र खुल्ला सिमाना भएको र मानिसहरु निर्वाध आवत जावत गर्न सक्ने भन्दै कुनै बेला पनि संक्रमित बिरामी नेपाल प्रवेश गर्न सक्ने उनको भनाई छ । यदि यो रोगको संक्रमित व्यक्ति नेपाल प्रवेश गर्यो भने अन्य पालिका पनि अछुतो नहुने उपप्रमुख बेलबासेले बताईन ।

राजपुर गाउँपालिकाका ६ न का वडाध्यक्ष श्याम रोकाले रोग लाग्नु भन्दा रोगबाट हामी पहिलै सजक हुनुपर्ने बताए । अहिले नाकाका स्थानीय भारतीय बजार समेत जान छोडेको बताउदै वडाध्यक्ष रोकाले प्रसासन बाट अर्को सुचना जारि नहुदा सम्म नाकालीहरुलाई भारतीय बजार नजान सुझाब दिएको रोकाले बताए ।

राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम बहादुर रोकाको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख देवका बेल्बासेको प्रमुख आतिथ्यता एबम राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादवको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको संचालन शिक्षक राम सुरेश यादवले गरेका थिए ।

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७