शनिबार, साउन १२, २०८१

दाङ्गमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ्ग, दाङ्गको घोराही देखि लमही तर्फ आउदै गरेको रा ३ प् ५४३० नम्बरको स्कुटी लमहीको बेल्दमारमा दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा घोराही उपमहानगर पालिका वडा नम्बर १८ नवलपुर निवासी ३६ बर्षिय अमित सिंह धामी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिए ।

उक्त दुर्घटना कति बेला भएको हो भन्ने बारे एकिन नभएको अस्थायी ट्राफिक प्रहरी पोस्ट लमहीका प्रमुख बाबुराम जिसीले बताए । गम्भीर अवस्थामा रहेका धामीलाई लमही स्थित अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले बताएको छ ।

मृतक धामी प्युठानका प्रदेश सभा सदस्य कृष्ण ध्वज खड्काका भान्जा रहेको बुझिएको छ । उनको शबलाई पोस्ट मार्टमक लागि लमही अस्पतालमा रखिएको छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७