शनिबार, बैशाख ८, २०८१

लामो दुरीका सवारी साधन आजबाट बन्द

काठमाडौं,  लामो दुरीका सवारी साधन आजबाट बन्द भएका छन् । कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिने उद्देश्यले सोमबारबाट लामो दुरीका सवारी साधन अनिश्चितकालका लागि बन्द गराइएको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै १० चैतदेखि केही समयका लागि लामो दुरीका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरिएको जानकारी दिएका थिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गराएको छ । चीन र भारतसँग जोडिएका नेपालका नाकाहरु पनि एक साताका लागि बन्द गराइएको छ । तर सीमा नाकाबाट अत्यावश्यक सामाग्रीको ढुवानी भने जारी रहने छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७