शुक्रबार, चैत्र १६, २०८०

बस र मोटरसाइकल ठोकिदा दाङ्गमा एकको मृत्यु चार घाइते

दाङ्ग, देउखुरीमा यात्रु बहाक बस र मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन भने एक जनाको मृत्यु भएको छ ।

दुर्घटना गढ्वा गाउपालिका १ कालाकाटेमा भएको हो । काठमाण्डौ देखि दाङ आउदै गरेको बा ६ ख ३९६७ नमबरको बस र लमही देखि पुर्ब तर्फ जाँदै गरेको रा १ ब ८१८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले बताए ।

मृत्यु हुनेको रुकुम त्रिबेणी गाउँपालिका २ खारा निवासी हाल कार्यरत रोल्पा गङ्गा देब गाउँपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत गणेश पुन रहेका छन् । घाइते हुनेमा तुल्सिपुर उपमहानगर पालिका ५ का २५ बर्षिय अजय कवर, ५ कै रमेश ओलि,दङिशरण गाउँ पालिका २ का २४ बर्षिया सन्ध्या ओलि र बर्दिया बासगढी नगरपालिका ६ का १८ बर्षिय कृष्ण चौधरी रहेका छन ।

घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्य रमेसको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । दुर्घटना पश्चात् बस सडक देखि तल खसेको छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७