बिहिबार, बैशाख १३, २०८१

देउखुरीमा लकडाउन अवज्ञा गर्ने तीन जना प्रहरीको नियन्त्रणमा

दाङ्ग, कोरोना भाइरसका कारण नेपाल सरकारले देशैभर गरेको लकडाउनको देउखुरीमा अवज्ञा गरिएको छ ।

आफू बचौ र अरुलाई पनि बचाऔ भनेर लागू गरिएको लकडाउनलाई अवज्ञा गरेको पाईएको हो । आज मङलवार बिहान लमहीमा झन्डै एक सय सवारी साधनलाई प्रहरीले रोकेको थियो।

ती सवारी साधनले लिएको सामानहरु चेक गर्दै अत्यावश्यकलाई मात्र छोडेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए।

देशमा कोरोनाको महामारी नफैलियोस,हामी सबै सचेत बनौ भनेर आग्रह गर्दा सुरक्षाकर्मी सङै बिवाद गरेकोले तीन जनालाई नियन्त्रणमा लिइ सम्झाएर छोडेको प्रहरी निरीक्षक थपलियाले बताए।

देउखुरी क्षेत्रमा सवारीसाधन साधन अटेरी गरेर चलिरहेका छन । प्रहरीको अनुरोध र आग्रहलाई समेत उलंघन गरेका छन।

भारतको महाराष्ट्र देखि लमही ७ मा रहेको सम्राट सिमेन्टका मालबाहक ट्रकहरु निर्बाध आइरहेका छन । आज मात्र तीन वटा ट्रक लमही आएका हुन ।

ती ट्रकका चालक र सहचालकको लमही बसपार्कमा राखिएको हेल्प डेस्कमा ज्वरो जाँच गरेर पठाएको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख मिना शर्माले बताईन ।

आज देखि देउखुरीका बजार बन्द पुर्णरुपमा बन्द भएका छन । होटल खुल्ने निर्णय भएपनी सुरक्षाको लागि बन्द गर्नु परेको होटल ब्यबसायीहरुले बताए ।

स्थानीयहरु घर बाहिर निस्कन समेत डराइरहेका छन ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७