शुक्रबार, चैत्र १६, २०८०

अबज्ञा गर्ने प्रति आक्रमक बन्दै दाङ्गको लमही प्रहरी

दाङ्ग, लगडाउन गरेको आज बुधबार दोस्रो दिन लमही क्षेत्रका पसल, होटलहरु बन्द देखिए पनि अवज्ञा गर्ने सवारीसाधनको संख्या भने दोब्बर भएको छ ।

दोस्रो दिन पनि कानुनी नियमको पालना गर्नेको संख्यामा कमि नभएपछी लमही प्रहरीले आक्रमक रुपमा प्रस्तुत हुने जनाएको छ । आज बुधबार मात्र वडा प्रहरी कार्यालय लमहीले ट्रक,मोटरसाइकल र साइकल गरि सहत्तरी वटा नियन्त्रणमा लिएको छ ।

ती सामानहरु प्रहरीले नियन्त्रणमा लिन खोज्दा बादबिवाद गरेको भन्दै दुई जनालाई पनि पक्राउ गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए ।

पक्राउ परेका ब्यक्तिलाई सम्झाइ बुझाई छोड्ने गरेको र सवारीसाधन भने आगामी चैत्र अठार गते सम्पर्कमा आउन भनेको प्रहरी निरीक्षक थपलियाले भने ।

त्यस्तै राप्ती पारिको गढ्वा,राजपुर तिर पनि प्रहरीले अनुगमन,चेकजाँचलाई निकै कडाईका साथ गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत सिंह राठौरले बताए। छिट्पुट रुपमा मानिसहरु सडकमा देखा पर्ने गरेको राठौरले जानकारी दिए ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७