बिहिबार, चैत्र १५, २०८०

तुलसीपुर १३ मा लकडाउनको अनुगमन गरिने

दाङ्ग, तुलसीपुर उप–महानगरपालिका वडा नम्वर १३ को आपत्त कालिन वैठकले लक डाउनको अनुगमन गर्ने भएको छ ।

वडा अध्यक्ष डम्वरबहादुर न्यौपानेको अध्यक्षतामा आज बुधवार सम्पन्न भएको वैठकले कोरोना भाइसरबाट सुरक्षीत हुन सरकारले गरेको लक डाउनको निर्णय जनताले लागु गरे/नगरेको अनुगमन गर्ने निर्णय गरेको हो ।

वैठकले भोली देखी कोरोना भाइरस सचेतनाका लागि माइकिङ्ग, गर्ने, अन्य सचेतनाको लागि जन प्रतिनिधि, स्वास्थ्यकर्मी, नेपाली सेना, नेपाल प्रहरी, नेपाल रेडक्रस लगाएतको सयुक्त टोली परिचालन गर्ने निर्णय गरेको वडा सदस्य विनोद पाण्डेले जानकारी दिए ।

वैठकमा सह–सेनानी नाराणबहादुर अर्याल, इप्रका फुलवारीका सहायक प्रहरी निरीक्षक खड्गबहादुर बुढामगर, अस्थाइ प्रहरी पोष्ट दमारगाउँका बलबहादुर सुनार, नेपाल रेडक्र सोसाइटी जिल्ला शाखा दाङका हरिहर पौडेल, स्वास्थ्य चौकी प्रमुख ज्ञानबहादुर डाँगी लगाएत रहेका छन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७