बिहिबार, चैत्र १५, २०८०

शंकास्पद बिरामी भएको हल्ला मात्र हो – महाप्रबन्धक ढकाल

दाङ्ग,  लमही नगरपालिका वडा नम्बर ७ स्थित बनगैंमा रहेको सम्राट सिमेन्ट कम्पनि प्रालिका महाप्रबन्धक रेमन्त ढकालले आफ्नो कम्पनीमा कुनै प्रकारका बिरामी नभएको स्पष्ट पारेका छन् ।

अहिले देशको स्थितिका बारेमा आफु पनि जानकार भएकोले शंकास्पद बिरामी कम्पनिमा भए त्यस्ता बिरामीहरुको तुरुन्तै सुरक्षित स्थानमा व्यवस्था गर्ने बताए । अहिले कम्पनिमा करिब आठ सय जति कर्मचारी भएको बताउदै एकै दिन छुट्टी गर्ने हो भने कामदारलाई सम्हाल्नै गाह्रो हुने भएकोले आधा कामदारलाई सुरक्षित भएर वेल्डिगं डिपार्टमा काम गर्न आग्रह गरेको महाप्रबन्धक ढकालले बताए ।

साथै उक्त कम्पनिको अन्य सबै प्लान्ट पूर्णरुपमा बन्द भएको उनले बताए । कम्पनि आसपासका सबै पसल बन्द गरिएको बताउदै ढकालले महिनावारी खाना खुवाउने होटलहरु मात्र खोलेको उनको भनाई छ । कम्पनि देखि बाहिर गाउँमा कामदार नजाउन भनेर नजिकै रहेको स्थायी प्रहरी चौकीका सुरक्षाकर्मीलाई पनि रेखदेख गरेर सहयोग गरिदिन आग्रह गरेको महाप्रबन्धक ढकालले बताए ।

सम्राट सिमेन्ट कम्पनीमा चार जना बिरामी भएको सूचना बाहिर आएपछि लमही नगरपालिका वडा नम्बर पांचका वडा सदस्य तथा न्यायिक समितिका सदस्य कुमार भट्टराई , नगरप्रमुख कुल बहादुर केसीका स्वकीय सचिव नारायण भुषाल, अस्थायी प्रहरी चौकी बंगैका प्रमुख मान बहादुर नेपाली, प्रेस संयोजक शिबु खनाल सहितको टोलीले अनुगमन गरेको थियो ।

करिब पाँच महिना पहिले कम्पनीमा कामदारका रुपमा आठ जना भारतीय नागरिक नेपाल आएका थिए । अनुगमनका क्रममा ति आठ जना सबैको अवस्था सामान्य भएको सम्राट सिमेन्ट कम्पनी अन्तर्गत स्वास्थ्य शाखा इन्चार्ज नारायण जिसीले बताए ।

जिसीका अनुशार ति सबै भारतीय भएको र सामान्य खोकी लागेकोले उनीहरुको दैनिकरुपमा फलोअप भैरहेको छ । देशैभर कोरोना भाइरसले महामारी लिइरहेको बेला हामीले पनि यस कम्पनिमा कार्यरत कामदारको सुरक्षाका लागि सबै सामाग्री बन्दोबस्त गरेका छौ इन्चार्ज जिसीले भने ।

कामदारलाई मास्क, सिनेटाईजर, साबुन पानीको प्रयोग गर्न बारम्बार सुझाएको जिसीले बताए ।

पांच जना होम क्वारेन टाईनमा
दुई दिन अघि कम्पनिको सामान लिएर भारतको महाराष्ट्र देखि तिनवटा मालबाहक ट्रक लमही हुदैं सम्राट सिमेन्ट कम्पनिमा गएका थिए ।

तिन वटा ट्रकमा सामान लिएर नेपाल आएका चालक र सहचालक गरि पांच जनालाई लमही जेसिजको भवनमा बनाईएको क्वारेन टाईनमा राखिएको छ ।

उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य भएपनि केहि दिन सम्म राखेर उनीहरुमा के कस्तो लक्षण देखिन्छ त्यहि अनुशार मात्र छोडिने लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख मिना शर्माले बताईन ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७