शनिबार, साउन १२, २०८१

स्थानिय तहले गर्यो आइसुलेसन बेडको व्यवस्था

दाङ्ग, देउखुरीमा रहेका चार वटा स्थानीय तहमा आइसुलेसन बेड थोरै भए पनि तयारि अबस्थामा राखेका छन् । ति बेड अत्याधुनिक सेवा सुबिधा नभएपनि कोरोना शंकास्पद बिरामी आए सहजै राख्न सकिने छ ।

कोरोना शंकास्पद बिरामीलाई राखेर उपचार गर्नका लागि लमही नगरपालिकाले लमही अस्पतालमा तिन वटा आइसुलेसन बेड तयारि अबस्थामा राखेको नगरप्रमुख कुल बहादुर केसीले बताए । लमही मै रहेको फ्लोरेन्स अस्पतालमा पनि तिनवटा आइसुलेसन बेड तयारी अबस्थामा राखिएको छ ।

देउखुरीका सबै सरकारी तथा निजि अस्पतालहरुमा भिडभाड नहोस भनेर अहिले अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन् । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवका अनुशार अहिले जनता माध्यामिक बिद्यालय गढ़वामा तिन वटा बेड तयार गरिएको छ ।

अन्य वडाहरुमा पनि आबश्यकता अनुशार व्यवस्थापन गर्न सकिने गाउँपालिका अध्यक्ष यादवले बताए । त्यस्तै राजपुर गाउँपालिकाले पनि अहिलेलाई बेला स्वास्थ्य चौकी र गंगदी स्वास्थ्य चौकीमा दुई÷दुई वटा आइसुलेसन बेड तयारि अबस्थामा राखिएको जानकारी दिए ।

खासगरी राप्ती पारि रहेका दुई गाउँपालिका अल्लि जोखिममा रहेको ति गाउँपालिकाका अध्यक्षहरुले बताए । भारतसंग सिमाना जोडिएकोले र भारतमा पनि बस्न सक्ने अवस्था नभएपछि नेपालीहरु धमाधम घर फर्किन थालेका छन् । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भारतबाट आएका मानिसलाई गाउँ गाउँ गएर घर भित्र सुरक्षित भएर बस्न आग्रह गरेको समेत बताए ।

गढवा स्वास्थ्य चौकीमा डाक्टर सहितको सेवा उपलब्ध रहेको भन्दै आफुहरुको स्वास्थ्यमा केहि असजिलो महसुस भए तुरुन्तै गढवा स्वास्थ्य चौकीमा आएर स्वास्थ्य परिक्षण गराउन आग्रह गरेको यादवले बताए ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७