शनिबार, साउन १२, २०८१

प्रतिष्ठानको भवनमा क्वारेन्टाइन

दाङ्ग, कोरोना संक्रमीत बिरामीका लागि क्वारेन्टाइन राख्ने बिषयमा बिवाद भएपछी लमही नगरपालिकाले लमहीको रातो डाडामा रहेको सुबिधा सम्पन्न सहिद नेत्रलाल अभागी स्मृती भवनलाई प्रयोगमा ल्याएको छ ।

नगरपालिकाले क्वारेन्टाइनका लागि देउखुरी बहुमुखी क्याम्पस र बाल जनता माध्यमिक बिद्यालय बनगाउँलाई निर्णय गरेको थियो तर गाउँको बिचमा राखेर पुरै गाउँलाई त्रसित पार्न खोजेको भन्दै वडा नम्बर ३का स्थानीयले बिरोध गरेका थिए ।

प्रतिष्ठानको तीन तला भवन कोरोना संक्रमीत बिरामीको लागि योग्य भएकोले प्रतिष्ठान सङ्ग कुरा गरेर क्वारेन्टाइनका लागि सहमति लिइएको नगरप्रमुख कुल बहादुर केसीले बताए।

क्वारेन्टाइनमा राखिने ब्यक्तिहरुका लागि डाक्टर र सुरक्षाकर्मीले पनि पहरा दिने ब्यवस्था मिलाईने केसीले बताए । क्वारेन्टाइनमा बस्दा उनिहरुलाई कुनै मानसिक तनाब नहोस भनेर फ्री वाइफाइको सेवा पनि प्रदान गरिने भएको छ ।

क्वारेन्टाइनमा बस्दा कसैले पनि कुनै अप्रिय घटना न घटाउन भनेर चौबिसै घण्टा निगरानीमा राखिनेछ । बाहिरबाट आएका नागरिकलाई राख्ने, केही लक्षण देखिए अस्पताल पठाउने नगरप्रमुख केसीले बताए ।

हाललाई तीस जनाको लागि बेड तयार गरिएको छ । लमही नगरपालिकामा स्थापना गरेको कोरोना राहत कोषमा जम्मा भएको रकम बाट ती ब्यक्तिहरुको खानपानमा खर्च गरिने छ ।

यस क्वारेन्टाइनमा जेष्ठ नागरिकलाई तल्लो तलामा राखिने भएको छ । त्यस्तै महिला बालबालिका र पुरुषलाई अलग अलग राखिने छ

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७