शनिबार, साउन १२, २०८१

एन प्याब्सन लमही द्वारा बिपन्न परिवारलाई नगद आर्थिक सहयोग

दाङ्ग, लमही नगरपालिकाले खडा गरेको विपद राहत कोषमा आर्थिक र खाद्यान्न सहयोग गर्नेको संख्या बढ्दै गएको छ । एनप्याब्सन लमही नगर समितिले लमही नगरपालिका विपद् व्यवस्थापन कोषमा नगद सहयोग हस्तान्तरण गरेको हो ।

शुक्रवार लमही नगरपालिका नगर उपप्रमुख देबका बेल्वासे, एन प्याब्सन जिल्ला उपाध्यक्ष भु–माण्डप केसी, संयोजक कृष्णप्रसाद गैरे र उपसंयोजक भक्तकुमार खनालको संयुक्त उपस्थितिमा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीलाइ नगद २७ हजार हस्तान्तरण गरिएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)ले विश्वजगत नै प्रभावित भइरहेको अवस्थामा हाम्रो देश नेपाल समेत त्रसित अवस्थामा छ । यसै विषयलाइ मध्यनजर गर्दै नेपाल सरकारले नेपाली जनताको स्वास्थ्यलाइ विशेष ख्याल गर्दै देशलाइ लकडाउन अवस्थामा राखेको हुदाँ त्यस कदम गर्दै हार्दिक स्वागत गर्दछौँ भन्ने कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ । साथै यस प्रकारको कठिन स्थितीमा अतिविपन्न गरिखाने श्रमिक वर्ग दैनिक उपभोग सामाग्रीको अभावमा छट्पटाइरहेको अवस्था छ ।

लमही नगरपालिका क्षेत्र अन्र्तगत अतिविपन्न परिवारलाइ राहात स्वरुप एज प्याब्सन लमही नगर समिति अन्र्तगतका देउखुरी पब्लिक स्कुल लमही, ज्ञान शिक्षा निकेतन लमही, न्यू फ्युचर स्टार लमही, धुम्ना लिटिल स्टार लमही, बृहस्पति शिक्षा सदन लमही, राप्ती सनराइज लमही, सिद्धबाबा एकेडेमि लमही, दिव्य नेसनल लमही र सतवरीया एकेडेमी लमही विद्यालयहरुबाट सक्दो आर्थिक संकलन गरि एन प्याब्सन जिल्ला उपाध्यक्ष भु–माण्डप केसीको विशेष उपस्तितिमा लमही नगरपालिका विपद् व्यवस्थापन कोषमा नगद २७ हजार सहयोग प्रदान गरिएको संयोजक कृष्णप्रसाद गैरेले जानकारी दिए ।
यता लमही नगरपालिका सत्य साइ तरकारी पसलका संचालक कोमानन्द पाण्डेले लमही नगरपालिका विपद् व्यवस्थापन कोषमा नगद ३ हजार सहयोग प्रदान गरेका छन् । शनिवार लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीलाइ आफ्नै तरकारी पसल अगाडि नगद प्रदान गरेका हुन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७