शनिबार, साउन १२, २०८१

सरकार ! हामीलाई खाना चाहियो

दाङ्ग,  सुर्खेत गुमी नगरपालिका वडा नम्बर ९ का जित बहादुर खड्का दाङ्गको लमही आएको करिब एक बर्ष हुन् थाल्यो । सामान्य ज्याला मजदुरी गरेर जिबिका चलाएका खड्का सुर्खेत हुँदा पनि बसपार्क नजिक मकै पोल्ने र बेच्ने काम गर्दथे ।

दुई छोरा र एक श्रीमती सहित लमही आएका खड्काले सुरुमा माथिल्लो बसपार्कमा मकै पोल्ने काम गर्दथे भने बसपार्क निर्माण हुन् थाले पछि उनको बस्ने थातथलो उठिबास लाग्यो ।

बसपार्क नजिक रहेको सालको रुख मुनि बसेर मकै पोल्दै आएको खड्काले थोरै दिन मात्र भएको थियो पुर्बपश्चिम राजमार्ग छेवमा अस्थायी टहरा बनाएर बालबच्चा थुपारेको ।

खड्काले त्यहाँ बनाएको अस्थायी टहराको पनि राज्यलाई कर तिर्नु परेको छ । दुई भाई छोराले लमही स्थित आदर्श माध्यामिक बिद्यालय देउपुर कक्षा चार र दुईमा अध्ययन गर्दछन ।

श्रीमान् र श्रीमतीले मकै पोलेर आउने र जाने बसमा बसेका यात्रुहरु सम्म पुगेर बेच्ने गर्दछन । पोलेको मकै बेचेर अहिले सम्म गुजारा चलाएका खड्का परिवारको देशैभर भएको लक्डाउनका कारण उनीहरु संग भएको अन्नपात सबै सकिएको छ ।

त्यस्तै प्युठान एरावती गाउँपालिका वडा नम्बर ४ गोल्जाकी निरमा पुनको पनि अबस्था उस्तै छ । दुई नाबालक छोरी र श्रीमान संगै उनि गत जेठमा दाङ्गको लमही आएकी हुन् । लकडाउन हुनु भन्दा अगाडी रातभर चिया बेचेर जहान परिवार पालिएका थियौ अहिले बन्द भएपछी के खाने भन्ने चिन्ता छ नीरमाले भनिन ।

श्रीमान् पनि लामो समय देखि कालाजार रोगबाट पिडित छन् । बिरामी श्रीमान् र दुई नाबालक छोरीको पालन पोषण गर्ने जिम्मा उनीमा छ । साथमा भएको पैसा पनि सकियो रासन पनि सकियो अब ज्यान कसरि पाल्ने हो नीरमा पुनले गुनासो गरिन ।

त्यस्तै रुकुम मुसिकोट बस्ने खीम बहादुर पुन पनि पांच जनाको परिवार सहित अहिले बसपार्कमा बसिरहेका छन् । बसपार्कमा मःम चाउमिन बनाएर बेच्ने काम गर्दै आएका पुनको पनि खाने अन्नपात सकिएको छ ।

घर जाने भनेको तर बन्दले गर्दा जान सकिएन पुनले भने । खड्का र पुन परिवारले यस क्षेत्रका राजनीतिक दल, स्थानीय सरकार र सरोकारवालासंग राहत उपलब्ध गराई दिन अनुरोध गरेका छन् ।

ब्यापार ब्यबसायी गरेर आर्थिक बलियो हुनेहरु सबै घर–घर गैसकेका छन् तर उनीहरुको आर्थिक अबस्था नाजुक हुँदा घर जान नसकेको बताएका छन् । लमही बसपार्कमा ब्यबसाय गर्ने ब्यापारीहरु प्राय आआफ्नो घर गैसकेका छन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७