शुक्रबार, बैशाख ७, २०८१

जिल्ला क्वारेन्टाइन अनुगमन समिति दाङ्गको अनुगमन

दाङ्ग, जिल्ला क्वारेन्टाइन अनुगमन समिति दाङ्गले जिल्ला भरि रहेका क्वारेन्टाइनको स्थलगत अनुगमन र अबलोकनमा निस्किएको छ ।
जिल्लामा रहेका क्वारेन्टाइनको अबस्था बुझ्न अनुगमन थालिएको नेपाली सेना दुर्गा दल गण दाङ्गका सेनानी श्याम थापा क्षेत्रीले जानकारी दिए । त्यो समितिले दाङ्ग जिल्ला भरि रहेका क्वारेन्टाइनको अबस्था बुझ्ने छ ।
केहि दिन अघि जिल्ला प्रशासन कार्यालय दाङ्ग का प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको नेतृत्वमा पहिलो पटक अनुगमन भैसकेको छ ।
कोरोना भाइरसका शंकाश्पद बिरामीलाई राख्नका लागि छनोट भएका भवन, उनीहरुलाई सुत्ने बस्ने बेड बिस्तराको अबस्था कस्तो छ, खानेपानी, बिजुली बत्तिको अबस्था के कस्तो छ र त्यस क्वारेन्टाइनमा आउनेहरुको रेखदेखमा स्वास्थ्यकर्मीको पहुच कस्तो छ भनेर अनुगमन थालिएको हो ।
आज बुधवार जिल्ला क्वारेन्टाइन अनुगमनका सात सदस्यीय समितिले देउखुरीका लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा र राप्ती गाउँपालिकाको अनुगमन गरिएको हो ।
जिल्ला प्रसासन कार्यालय दाङ्गका प्रशासकीयअधिकृत अम्मरराज शर्मा, जिल्ला स्वास्थ्य कार्यालय दाङ्ग, नेपाल प्रहरी, राष्ट्रिय अनुशन्धान प्रहरी, सशस्त्र प्रहरी लगायतले स्थलगत अनुगमन गरेका छन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७