सोमवार, मंसिर १२, २०७९

भालुको आक्रमण बाट दाङमा एक घाइते

दाङ, दाङमा भालुको आक्रमण बाट आज शुक्रबार एक जना घाइते भएका छन । दाङको लमही नगरपालिका वडा नम्बर ८ निवासी बर्ष ४१का भिम चौधरीलाई स्याउला काट्न गएको बेला चार वटा भालुले आक्रमण गरेको चौधरीले बताए ।
चौधरीले स्याउला काट्न नजिककैको जङलमा स्याउला काट्न जाँदै गर्दा चार वटा भालुले झम्टिएका थिए ।
चार वटा भालु सङ चौधरी कम्तिमा पनि पाँच मिनेट लडेका थिए । हातमा चौधरी सङ्ग खुर्पा र बन्चरो थियो । सोही घरेलु हतियार बाट उनले पनि सके जति आक्रमण गरेको बताए ।
भालुको आक्रमण बाट घाइते भएका चौधरीको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ।

© 2022 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७