शनिबार, साउन १२, २०८१

दाङ्गको आँखा अस्पतालद्धारा स्थानिय पालिकालाई खाद्यान्न हस्तान्तरण  

दाङ्ग, दाङ्ग देउखुरीको लमही स्थित लमही आँखा अस्पतालले लमही नगरपालिकालाई राहत स्वरुप खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । अस्पतालले शनिवार लमही नगरपालिकाको राहत कोषमा ७५ हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा सुरक्षित रहनका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण दैनिकी ज्यालादारी तथा मजुरी गरेर छाक टार्ने अतिविपन्न घर परिवारलाई उपलब्ध गराउनका लागि नगरपालिकाको राहत कोषमा ७५ हजार बराबरको चामल ७ सय केसी, दाल १ सय केसी, तेल ६० लिटर, चिनी २५ केजी, कपडा धुने साबुन १ सय पिस, नुहाउने साबुन १ सय ४४ पिस र नुन ५० केसी हस्तान्तरण गरेको हो ।


शनिवार लमही नगरपालिका उपप्रमुख देबका बेल्वासे, नेत्र ज्याती संघ दाङका सभापती कृष्णकुमार गिरी, लमही आँखा अस्पतालका उप–सभापती रेशमबहादुर खड्का, सचिव सुरेन्द्रबहादुर खड्का, सह कोषध्यक्ष धनश्याम सुबेदी, सदस्य तिलकबहादुर केसी, वरिष्ठ प्रशासकीय अधिकृत सम्सेर थापा, सुचना अधिकारी बालाराम खड्का, फिल्ड संयोजक टेकबहादुर चौधरीले संयुक्त रुपमा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीलाइ राहत खाद्यान्न सामाग्री हस्न्तरण गरेका हुन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७