शुक्रबार, बैशाख १४, २०८१

लकडाउनको अबज्ञा गर्ने सवारी साधनमा कमि आउन सकेन,, प्रहरी भन्छ अब सवारी चलाए ठाउँका ठाउँ कारबाही गर्छौ

दाङ्ग, लकडाउनको उन्नाईसौ दिन हुँदा समेत देशैभरका जिल्लामा अबज्ञा गर्ने सवारी साधनको संख्यामा कमि आउन सकेको छैन । कोरोना भाइरस विश्वमै महामारी रुपमा फैलिरहेका बेला नेपालमा पनि यो रोगलाई फैलिन नदिन नेपाल सरकारले चैत्र एघार गते देखि देशैभर लकडाउनको घोषणा गरेको छ । एक ठाउँ देखि अर्को ठाउँमा मानिसको आवत जावतमा पूर्ण प्रतिबन्ध लगाउनु नै लकडाउन हो ।
जिल्ला प्रशासन कार्यालय दाङ्गले मानिसको अत्याधिक भिडभाड हुन् थालेपछि हप्तामा तिन दिन अत्यावश्यक पसल मात्र खोल्न सुचना जारि गरेको थियो तर दाङ्गको लमही बजारमा अनावश्यक मानिसको बाक्लो भिड हुन् थालेको भन्दै देउखुरी उधोग बाणिज्य संघको आग्रहमा फेरी जिल्ला प्रशासन कार्यालय दाङ्गले हप्ताको सातै दिन बिहान ६ देखि ९ बजे सम्म खाद्यान्न, तरकारी र दुधको डेरी पसल खोल्न सुचना सार्बजनिक गरेको थियो ।
लकडाउन लम्बिदै जाँदा अबज्ञा गरेर सवारी साधन चलाउनेहरुको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । लमही बजार क्षेत्रका स्थानीयहरू आबश्यक भन्दा अनावश्यक कामले बाहिर निस्किने गरेका छन् । देशमा कोरोना भाइरस जस्तो डरलाग्दो रोगको प्रकोप फैलिरहेका बेला स्थानीयहरू आफ्नो स्वास्थ्यको ख्याल नगरेर बिहान बिहान समूह बनाएर मोर्निग वाकमा समेत हिडेको पाईएको छ ।
शुरुको दिन देखि हामीले स्थानीयलाई सम्झाई रहेका छौ तर कसैले नसुनेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले भने । शनिवार देखि हामीले सडकमा गुडेका अत्यावश्यक सवारी बाहेक सबैलाई नियन्त्रणमा लिन्छौ उनले भने । पांच÷सात मिनेटको दुरीबाट पनि मानिसहरु सामान लिन मोटरसाईकल कुदाएर आउने गरेको प्रहरी निरीक्षक थपलियाले बताए । त्यस्ता सवारीलाई ठाउँकि ठाउँ समातेर नियन्त्रणमा लिने गरेको उनको भनाई छ । त्यस्तै अनावश्यक भिडभाड नगर्न समेत सर्बसाधारणलाई लमही प्रहरीले आग्रह गरेको छ ।
त्यस्तै लकडाउनको अबज्ञा गरेर चलाएको आरोपमा प्रहरीले अहिले सम्म झन्डै दुई सय बढी साना तथा ठुला सवारी साधनलाई नियन्त्रणमा लिएको छ । आज शनिवार पनि लकडाउन अबज्ञा गर्ने अठार वटा मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रहरी नायब निरीक्षक बाबुराम जिसीले जानकारी दिए ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७