शनिबार, मंसिर १०, २०७९

कैलालीमा भेटियो अर्को कोरोना संक्रमण व्यक्ति

धनगढी, कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ ।

वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी थिइन् । ‘मजदुरहरु समस्यामा परेको थाहा पाएपछि त्यहाँको प्रशासनले समन्वय गरेर यहाँ पठाएको हो’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी बताए ।

उनीहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो । त्यहाँ बसेकाहरुको र्‍यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गरिएको थियो । र, रिपोर्ट नेगेभिट आएपछि सबैलाई २८ चैतमा घर पठाइएको थियो ।

संक्रमित देखिएकी महिला पनि भुरुवास्थित आफन्तकहाँ गएकी थिइन् ।

तर पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको छ ।

© 2022 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७