शनिबार, साउन १२, २०८१

लमही नगरपालिकाको विपद कोषमा हाल सम्म तिन लाख बढी नगद जम्मा

दाङ्ग, अहिले सम्म लमही नगरपालिकाको राहत कोषमा करिब तिन लाख एकसट्ठी हजार नगद रकम जम्मा भएको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले जानकारी दिए ।

विपदको समयमा राज्यले मात्र थेग्न नसक्ने भन्दै सामाजिक क्षेत्रमा सक्रिय रहेका र सहयोग गर्न ईच्छुक व्यक्ति, संघ सस्थालाई नगरपालिकाको ढोका खुल्ला रहेको नगर प्रमुख केसीले बताए ।

आज सोमवार देउखुरीमा रहेको एक कम्पनीले लमही नगरपालिकाको विपद् व्यवस्थापन कोषमा नगद ५० हजार रकम सहयोग गरेको छ । कोरोना भाइरसका कारण कामकाज गरेर दैनिक छाक टार्नेहरुको अबस्था नाजुक बन्दै गएकोले लमही नगरपालिकाको राहत कोषमा नगद रकम प्रदान गर्नेहरुको संख्या पनि बढेर गएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ कमानपुर स्थित रहेको लमहीको पाण्डवेश्वर बालुवा वासिङ्ग उद्योगका संचालक रामप्रसाद पोख्रेल, श्रीधर महरा र माधव धितालले आइतवार लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीलाई नगद हस्तान्तरण गरेका हुन् ।

पाण्डवेश्वर बालुवा वासिङ्ग उद्योगले लमही नगरपालिकालाई अति बिपन्न बर्गका परिवारको पहिचान गरेर उक्त रकम प्रदान गर्न नगरपालिकालाई आग्रह गरेको छ ।

लकडाउनले प्रभावित बन्दै गएका अतिविपन्न र विपन्न घर परिवारलाइ एकद्धार प्रणालीबाट खाद्यान्न उपलब्ध गराउनेको लमही नगरपालिकाका उपप्रमुख देवका बेल्बासेले जानकारी दिएकी छन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७