शुक्रबार, बैशाख १४, २०८१

रौतहटमा फेरी एक जना भेटिए कोरोना बिरामी, नेपालमा कोरोनाका बिरामीको संख्या चौध पुग्यो

काठमाडौं, कोरोना भाइरस नेपालमा पनि बिस्तारै गति लिन थालेको छ । यस अघि कैलालीका ६५ बर्षिया महिलालाई कोरोना भाइरस भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ ।

यसै बीच रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७