शनिबार, साउन १२, २०८१

मुल्यबृद्धि गुनासो बढेपछि बजार अनुगमन

प्रिया स्मृती गजमेर
दाङ्ग,  बजारमा खाद्य सामाग्रीको मुल्य बृद्धि बढेको उपभोक्ताको गुनासो आएसंगै स्थानीय सरोकारवाला निकायले बजार अनुगमन गर्न थालेका छन् । यसैक्रममा दाङको लमही नगरपालिका क्षेत्रका विभिन्न बजारमा स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन, उपभोत्ता ,उद्योग बाणिज्य संघका अगुवाईमा बजार अनुगमन थालिएको हो ।
कोरोना भाइरसको सङक्रमण नियन्त्रणको लागि गरिएको लकडाउनको फाइदा उठाउँदै केही व्यपारीले मुल्य बृद्धि गरेको पाइएको छ । विशेषगरी अतिआवश्यक खाद्यान्न दाल, चामल तेल ,चिनी लगायतको सामाग्रीमा मुल्य बृद्धि गरेका कारण उपभोक्ताले स्थानीय जनप्रतिनिधिलाई गुनासो गरेका थिए ।
विहिबार लमही बजारका खाद्य स्टोरमा अनुगमन गर्दा चामलमा प्रर्ति बोरी एकसय रुपियाँ सम्म बढी मुल्य लिएर विक्री गरेको पाइएको लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले जानकारी दिए । बिलविजक जारी नगरी खाद्यान्न विक्री वितरण गर्ने मुल्य सुचि नटाँस्ने पसलमा पुगेर नियमअनुसार विक्रिी वितरण गर्न आग्रह गरेका छौ, फेरी पनि अटेरी गरे कारवाही गछौ, नगर प्रमुख केसीले भने ।
यस्तै अनुगनमा सहभागि व्यपारीको प्रतिनिधिहरु उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्सले पनि मुलुक संकटमा परेको समयमा अधिक नाफा कमाउन नखोज्न भन्दै त्यस्ता व्यपारीहरुलाई सुध्रिन आग्रह गरेका छन् । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले राज्यलाई सहयोग गर्नुपर्नेै समयमा महङ्गो मूल्य लिएरु सामान विक्री गर्नेलाई कारवाही गर्नुपर्ने बताए । यस्तै लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले उपभोक्ताले वुझ्ने र देखिने गरि मुल्य सुचि राखेर सामान विक्री वितरण गर्न ब्यपारीलाई आग्रह गरे।
अनुगमन समितिले मुल्य बढी लिएर खाद्य सामाग्री विक्री गरेको भन्दै लमहीको सरस्वती राइस मिल डिपो लमहीलाई यसो नगर्न चेतावनी दिइएको छ । आयातित सामानसंगै कोरोना रोगको भाइरसको सङमण फैलने डर हुने भएकाले स्थानीय तरकारी प्रयोग गर्न स्थानीय सरकारले उपभोत्तालाई आग्रह गरेको छ ।
दाङ देउखुरीमा अहिलेको समयमा प्रशस्त तरकारी उत्पादन भइरहेको भन्दै आयातित तरकारी भन्दा स्थानीय तरकारीमा जोड दिन उपभोत्तालाई आग्रह गरिएको लमी नगरपालिका उप प्रमुख देवका बेल्वासेले जानकारी दीईन ।
स्थानीय तरकारी व्यवसायीले आफुहरुले उत्पादन भएको तरकारी सुरक्षित हिसावले विक्री बितरण गर्ने अवसर पाए आयातित तरकारीको आवश्यक नपर्ने बताएका छन् । अहिले आवश्यक धेरै जसो तरकारी खेतबारीमा प्रशस्तै रहेकाले स्थानीय तरकारी उपभोग गर्न समेत उनीहरुले आग्रह गरेका छन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७