शनिबार, साउन १२, २०८१

रोल्पा बोम काण्ड… मन्त्री पुग्दा पिडितको रुवाबासी- “शहिद बनाउन सकिदैन तर १-१ लाख दिने(पुरा भिडियो सहित)

दाङ अमृता के सी,१८रोल्पा  l रोल्पाको त्रिवेनि  गाउपालिका वडा नं ७ गैरेगाउ दुम्ला मा बम बिष्फोट मा परि ४ जना बालबालिकाको मृत्यु भएको छ l

मृत्यु हुनेमा सोहि गाउपालिकको वडा नं ७ निवासी लालबहादुर खत्री क ५ बर्षिय छोरा विजय खत्री, उनकी ११बर्षिय दिदि बिमला खत्री, लक्ष्मणनेपाली का १३बर्षिय छोरा गौरब नेपाली र ओम बहादुर डाँगी क १४ बर्षिय छोरा नोखिराम डाँगी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पा ले जानकारी दिएको छ lबालबालिका हरु बाख्रा ग्याला गएर फर्कने बेला उक्त बम बिस्फोट भएको हुन सक्ने बताएका छन l सशत्र दन्दक समय मा तत्कालिन बिद्रोही माओबादीले लुकाएर राखेको बम बालबालिका हरुले खेल्न क्रम मा भेटाएको र बिष्फोट हुन सक्ने आशंका प्रहरीले गरेको छ lघटना स्थलमा रहेको अर्को बम अर्को दिन नेपाली सेना ले डीष्पोज गरेको  पत्रकार भोजराज थापा ले  जानकारी  दिनु भएको छ l

बालबालिकाका    शरीरका  भाग हरु बम बिष्फोटले  टुक्रा टुक्रा परेको थियो l केहि दोष नभई आज ति बालबालिकाहरुले कलिलै उमेरमा ज्यान गुमाउनु परेको कारण आज त्यो गाउ पुरै शोक मा डुबेको छ l शरीर का भाग हरु पुरै छुट्टिएर टुक्राटुक्रा  भएको थियो, यस्तो अवस्था मा पनि मृतकका आफन्तजन हरु शोक मा डुबी शरीरका टुक्रा हरु बटुलेका थिय l

बम बिष्फोट भए लगत्तै प्रदेश नं ५ का कानुन मन्त्रि कुल प्रसाद के सी सोहि घटना मा पुगेका थिए l मृतक का घर परिवार को अवस्था देखि उनले उक्त बालबालिका हरुलाई सहिद घोषणा गर्न नसक्ने र सहिद हुन को लागि कुनै आन्दोलन तथा दोन्द मा ज्यान गुमाएको हुनुपर्ने कुरा गरेका छन l यस घटना को सत्यतत्य छानबिन होस  हुनु पर्छ र बिद्रोही माओबादीले लुकाएर राखेको भए आज सम्म उक्त बम खिया लाग्ने हुन्थ्यो र त्यो बम भर्खर राखेको जस्तो नया भएको कारण राम्रो संग छानबिन गर्नुपर्छ भनि सोहि गाउबासी हरुले भनेका छन l कानुन मन्त्रीले सोहि परिवार  लाई शोक मा परेको कारण  १/१ लाख दिने भनेका छन l

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७