शनिबार, साउन १२, २०८१

बाउले आमालाई मारेपछि .. वर्षौ देखि जंगलको छेउमा रात कटाउन बाध्य, दिदि भाईको यस्तो बिजोग

अमृता के सी ,दाङ  तुल्सीपुर उप-महानगरपालिका वडा नं ४ नयाँ गाउ मा   जहाँ एक  सुखी परिवार  थियो l जसमा एक बाबु,आमा,छोरा-छोरि थिय l एक दिन घर सल्लाह गर्ने क्रममा श्रीमान श्रीमती बीच झगडा भई त्यो झगडाले ठुलो रुप लिन पुग्छ l यसै क्रममा श्रीमान ले धारिलो हतियार प्रयोग गरि श्रीमती को हत्या गर्न पुग्छन l यो घटना थाहा पाए पछि नजिक को छिमेकी ले प्रहरी लाई खबर गरे l

घटना स्थल मा प्रहरी पुग्दा श्रीमती को निधन भैसकेको थियो l घटनाको अवस्था देख्दा श्रीमान लाई कडा कानुनी कारबाही गर्ने निर्णय लिए पछि अहिले बिगत ३ वर्ष देखि जेल मा कस्टकर जिबन बिताई रहेका छन l घरमा भने एक १२ बर्षे छोरि र ६ बर्ष को छोरा को बिचल्ली भएको छ l बाबु आमा नभए  पछि  १२ बर्ष कि छोरि ले गाउघर मा काम गरि आफ्नो भाइलाई पालेकी छिन l

जंगल को बीच मा एक्लै घर भएको यो परिवार मा खान बस्न को लागि राम्रो बेबस्था  नभएको र धेरै दुख पाई कष्ट कर जिबन बिताई रहेका नानी बाबु हरुलाई आफ्नो आमा बाबु को माया कस्तो हुन्छ भन्ने पनि थाहा छैन l घरमा खाने कुरा केहि नभएको र पकाउने भाडा हरु पनि केहि छैनन,साथै जाडो तथा गर्मि मौसम मा ओढ्ने ओछ्याउने कपडा पनि केहि छैनन l आफन्त भन्ने पनि कोहि नभएको र भए पनि टाढा भएको कारण उनि हरुलाई आफ्नो जिबन बिताउन पनि गार्हो भएको छ l

गायिका  टिका  सानु को घर नजिक को गाउमा रहेको यो परिवारलाई केहि सहयोग मिल्छ कि भनि टिका सानुले  पत्रकार भोजराज थापालाई खबर गरिन,भोजराज थापा त्यहा पुग्दा त्यो परिवार को अवस्था एकदम नाजुक थियो l त्यो परिवाको अवस्था देख्दा भोजराज थापा र टिका सानुले  खान को लागि केहि सहयोग  गरि अझै अरु सहयोग को अपिल गरेका छन l

पुरा भिडियो सहित

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७