शुक्रबार, चैत्र १६, २०८०

दाङ मा पनि भेटीए कोरोना संकर्मित २ व्यक्ति,अब दाङ पनि जोखिममा

दाङ,२ जेठ l

दाङका तीन व्यक्ति मा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ l स्यस्थ्य तथा जनसंख्या मन्त्रालय का अनुसार दाङको  गढवा  गाउपालिका  वडा नं ४ का २३ बर्षिय पुरुष ,५ का  ३६ बर्षिय पुरुष  र तुल्सीपुर ७ का ३४ बर्षिय पुरुष मा संक्रमण पुष्टि भएको छ l

सबै भन्दा बढी संक्रमण भएको ५  नम्बर प्रदेश मा एक दाङ पनि हो l स्वस्था तथा जनसंख्या मन्त्रालय का  अनुसार हाल सम्म २४ जिल्ला मा संक्रमित पाइएको छ l दाङ का संक्रमित व्यक्ति २ जना व्यक्ति हरु तिन दिन अघि कृष्णनगर को एक बिधालय को क्वारेन्टाइनमा  बसेका थिय l र उनीहरु लाई गढवा गाउपालिका वडा नं ३ को सिफारिसको आधार मा गढवा ल्याइएको थियो  भने एक जना तुल्सीपुर का एक व्यक्ति भने काठमाडौँमै स्वास्थ्यकर्मी  रहेको र उनि संक्रमित भएको  कुरा जनाइएको छ l

भारत को मुम्बई र गोरखपुरबाट काम गरि फर्केका गढवा का २ युबक हरु कृष्णनगर मा क्वारेन्टाइन बसेका थिए l त्यहाँ भने उनीहरु कोरोना परिक्ष्रण नगरी उनीहरु गढवा क्वारेन्टाइन मा आएका थिय l उनीहरु लाई लमही ल्याएर स्वावं  संकलन गरेर प्रतिष्ठानमा पठाइएको थियो l प्रतिष्ठानमा पोजेटिभ  देखाए पछि थप परिक्षणका  लागि नेपालगंज लागिएको थियो l

अर्का तुल्सीपुरका युबक भने दाङ घर भई काठमाडौँ मै बस्दै आएका र उनको काठमाडौँ मै स्वाव परिक्षण भएको र उनि अहिले काठमाडौँ कै  क्वारेन्टाइन मै रहेका छन l

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७