शनिबार, साउन १२, २०८१

प्रमिलाको आमा बेपत्ता भए पछि भोजराज थापाको दिदि मिडियामा (भिडियो सहित)

अमृता के सी,दाङ

गत चैत महिनामा राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा रहेको दुर्गाभवानी आधारभुत विद्यालयमा अध्ययनरत १० वर्षिय छोरी प्रमिला नेपाली ९ महिना अगाडि स्कुलमा लडेर दाहिने खुट्टामा सामान्य चोट लागेको थियो ।

सामान्य चोट लागेकी छोरीलाई स्थानीय मेडिकलमा सामान्य उपचार पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार गराए तर त्यहाँबाट पनि घाउ सन्चो नभएपछि छोरी प्रमिलालाई भारतको नाैगढमा उपचार गराए । त्यहाँ उपचार गराएपछि घाउ केही सन्चो भएको कमानसिंहले बताए ।

त्यही बिचमा कमानसिंह कामको शिलशिलामा भारतमा नै बसे । त्यसको केही समय पछि कमानसिंहको श्रीमतीलाई अर्कैले ललाई फकाई गरेर विदेश पुर्‍यायो यता छोरी प्रमिलाको उपचार तथा सेवा गर्ने मान्छे कोही भएन । खानुपर्ने अाैषधी नियमित भएन नत स्वाहार सुसार नै भयो । सन्चो हुँदै गरेको घाउँ झन पछि झन पाक्दै गयो खुटा समेत बाङ्गो भयो ।

अब छोरिको उपचारको लागि उनि संग घर बाहेक अरु केहि छैन, कमाउने मान्छे पनि छैनन l धेरै पैसा कमाउछु र परिवारलाई धेरै खुसि दिन्छु भनि कमाउन गएकी प्रमिलाकि आमा अहिले बेपत्ता छिन l आमाको बारेमा कसैलाई केहि थाहा नभएको कारण परिबार धेरै दुखि भएका छन l उनीहरु आफ्नो आमालाई जहाँ जस्तो अबस्थामा भए पनि छिट्टै घर आउन आग्रह गरेका छन l जग्गा जमिन नभएको कारण घरमा खाने कुरा  केहि नभएको हुनाले पत्रकार भोजराज थापाको दिदीले केहि खाद्द्यन्न सहयोग गरि परिवारलाई खुसि बनाउनु भएको छ l

उपचार नभए  पछि उनी हिड्न समेत नसक्ने अवस्थामा पुगिन् । अहिले उनको खुट्टा केवल छालाले मात्र अडिएको छ । प्रमिलाको बुवा कमानसिंह भारतबाट घर त आए तर कोरोना भाइरसले गर्दा देश लकडाउन भयो । चितवन क्यान्सर अस्पताल समेत लग्न पाएका छैनन् केवल आशंका मात्र छ । छोरीको खुट्टामा केन्सरले भेटाएको भन्ने ।

पुरा भिडियो

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७