शनिबार, बैशाख ८, २०८१

भोजराज थापाद्वारा कमानसिंहको परिवारलाई झण्डै डेढ लाख नगद सहयोग

दाङ,माइक्रोलिंक मिडिया डटकम अनलाइनमा  केहीदिन पहिले समाचार प्रकाशित/प्रसारित भएपछि देउखुरीका कमानसिंहकाे परिवारलाई विदेशबाट  नगद सहयाेग आएको हो । दाङ-देउखुरी राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी मुक्तकमैया सुकुम्बासी टोलका ४६ वर्षिय कमानसिंह नेपालीको जेठी छोरी प्रमिला नेपालीको खुट्टाकाे उपचारका लागि विदेशबाट मात्रै भण्डै डेढ लाख नगद सहयाेग प्राप्त भएकाे हाे ।

माक्राेलिङ्क मिडिया प्रालिका सञ्चालक तथा पत्रकार भाेजराज थापाकाे पहलमा विदेशबाट नेपालीहरूले उठाएर प्रमिलाकाे उपचारका लागि एक लाख ४३ हजार सहयाेग प्राप्त भएकाे प्रालिका सञ्चालक थापाले भने ।  यसरी सहयाेग गर्नेहरूमा घर नेपाल हाल अमेरिकाबाट मेनुका थापा, भक्ति बस्नेत, सुन्दरशान थापाबाट ८ हजार, घर नेपाल हाल युयसएबाट भागी खटिवडा, तुलसा पाेख्रेल, इन्द्ररा प्याकुरेल, राधिका थापा, भिमा खटिवडा र खिना खटिवडाबाट सयुक्त रूपमा २५ हजार, नेपाली भाषी युयसका दुर्गा भुजेल, धना भुजेल, लक्ष्मी भुजेल, अनिता भुजेल, सुमित्रा भुजेलबाट १ लाख १० हजार नगद सहयाेग संकलन भएकाे प्रालिका संञ्चालक थापाले जानकारी दिए । उक्त संकलित पैसा आज मंगलबार पिडित नेपालीकाे घरमा गई पिडित कमानसिंह नेपालीलाई हस्तान्तरण समेत गरिएकाे छ ।

पैसा प्राप्त हुन साथ आज नै प्रमिलाकाे प्ररार्मभिक उपचारका लागि दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराही लगिएकाे र आजै देखि प्रमिलाकाे उपचार अगाडि बढाईएकाे छ । अस्पतालकाे रिपाेर्टपछि थप उपचारका त्यही अस्पताल वा अन्यत्र लैजाने बिषयमा टुङ्गाे लाग्ने प्रतिष्ठानले जनाएकाे छ ।

गत चैत महिनामा राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा रहेको दुर्गाभवानी आधारभुत विद्यालयमा अध्ययनरत १० वर्षिय छोरी प्रमिला नेपाली ९ महिना अगाडि स्कुलमा लडेर दाहिने खुट्टामा सामान्य चोट लागेको थियो । सामान्य चोट लागेकी छोरीलाई स्थानीय मेडिकलमा सामान्य उपचार पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार गराए तर त्यहाँबाट पनि घाउ सन्चो नभएपछि छोरी प्रमिलालाई भारतको नाैगढमा उपचार गराए ।

त्यहाँ उपचार गराएपछि घाउ केही सन्चो भएको कमानसिंहले बताए । त्यही बिचमा कमानसिंह कामको शिलशिलामा भारतमा नै बसे । त्यसको केही समय पछि कमानसिंहको श्रीमतीलाई आर्कैले ललाई फकाई विदेश पुर्‍यायो यता छोरी प्रमिलाको उपचार तथा सेवा गर्ने मान्छे कोही भएन । खानुपर्ने अाैषधी नियमित भएन नत स्वाहार सुसार नै भयो । सन्चो हुँदै गरेको घाउँ झन पछि झन पाक्दै गयो खुटा समेत बाङ्गो भयो । त्यस पछि उनी हिड्न समेत नसक्ने अवस्थामा पुगिन् ।

अहिले उनको खुट्टा केवल छालाले मात्र अडिएको छ । प्रमिलाको बुवा कमानसिंह भारतबाट घर त आए तर कोरोना भाइरसले गर्दा देश लकडाउन भयो । चितवन क्यान्सर अस्पताल समेत लग्न पाएका छैनन् केवल आशंका मात्र छ । छोरीको खुट्टामा केन्सरले भेटाएको भन्ने ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७