बुधबार, बैशाख १२, २०८१

दाङमा एकै दिनमा थपिए १५ जना कोरोना संक्रमित

अमृता के सी, दाङ

१४-जेठ /  दाङमा १५ कोरोना संक्रमित थपिएका छन् । बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले  दाङ घोराहीका ७ र लमहीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास देवका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १० का ३ जना, घोराही १८ का ४ जना रहेका छन् ।

त्यस्तै लमही नगरपालिका वडा नं. १ का १ जना, २ का २ जना, लमही – ४ का १ जना, लमही–५ का तीन जना र लमही–६ का एक जना रहेका छन् ।

उनका अनुसार घोराही उपमहाननगरपालिका– १० का  ३४, ४०, ४० वर्षीय पुरुष, वडा नं. १८ का २४, २५, ४०, ४२ वर्षका पुरुष रहेका छन् ।

त्यस्तै लमही नगरपालिका वडा नं. १ का २६ वर्षीय , वडा नम्बर २ का १७, ३० वर्षीय, वडा नं. ४ का २६ वर्षीय पुरुष, वडा नं. ५ का २० बर्षीय एक महिला, २० बर्षकै एक पुरुष र २३ बर्षीय पुरुष रहेका छन् ।

वडा नं. ६ का १८ वर्षीय पुरुष रहेका छन् । एक महिलासहित सबै १७ वर्षदेखि ३० वर्ष उमेरका रहेको डा. देवकोटाले जानकारी दिए । यो संगै दाङमा संक्रमितको संख्या १८ पुगेको छ । यस अघि गढवाका २ जना र घोराहीका १ जना संक्रमित भेटिएका थिए ।

यस बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ बजेपछि प्रेस ब्रिफिङगरि जानकारी गराउने जनाईएको छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७