बिहिबार, बैशाख ६, २०८१

थप १ जना सहित दाङमा ९ जनामा कोरोना संक्रमण पुष्टि

अमृता के सी,दाङ

दाङ देउखुरीको राप्ती गाउँपालिकाका १ जना सहित दाङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अाइतवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिअार परिक्षणमा दाङको राप्ती गाउँपालिकामा १ जना,लमही नगरपालिकामा १ जना, तुलसीपुर उपमहानगरपालिकामा ५ जना र गढवा गाउँपालिकामा २ जनामा गरि ९ जनामा कोरोना पुष्टि भएको प्रेस विज्ञप्ती मार्फत प्रतिष्ठानले जानकारी दिएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ८ का ३६ वर्षका १ जना पुरूष र लमही नगरपालिका वडा नम्बर १ का ४० वर्षका १ जना पुरूष,गढवा गाउँपालिका वडा नम्बर ७ का २४ वर्षका १ जना पुरूष, सोही गाउँपालिका वडा नम्बर ६ का ३६ वर्ष १ जना पुरूष,तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का १८,२०,२३ वर्षका ३ जना, वडा नम्बर १५ का ३२ वर्षका १ जना पुरूष,वडा नम्बर ६ का २० वर्षका १ जना पुरूषमा कोरोना भाइरस रिपोर्ट पोजेटिभ अाएको हो । उनीहरू सवै भारतबाट अाएर क्वारेन्टाइनमा बसेका थिए ।

दाङबाट ११९ जनाको पिसिअार विधीबाट परिक्षण गर्दा ९ जनामा कोरोना पोजेटिभ र ११० जनामा रिपोर्ट नेगेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । रिपोर्ट पोजेटिभ देखिएका सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ l

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७