शुक्रबार, चैत्र १६, २०८०

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० भैंसीफार्ममा काम गर्ने ५ जनाको हत्या

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० कान्छीबजारमा भएको सामूहिक हत्यामा  एक दम्पत्तिसहित ५ जनाको  मृत्यु भएको  छ ।

घटनामा मृत्यु भएका ३७ वर्षीया जानकी मुसहर र ४० वर्षीय माधव मुसहर श्रीमानश्रीमती रहेको खुलेको हो ।

त्यस्तै, १७ वर्षका करण चौधरी, १७ वर्षकै आशिष चौधरी र १४ वर्षीय पोषराज मुसहरको  हत्या भएको छ । हत्या गरेको आरोपमा उनीहरूसँगै भैँसीफार्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिजापती पक्राउ परेका छन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७