शनिबार, बैशाख ८, २०८१

युट्युबको ट्रेन्डिङ्ग पर्यो मोयाले, बिक्रमले उत्कृष्ट टिकटक बनाउनेलाई दश हजार रुपैया पुरस्कार दिने

काठमाडौँ : लोकप्रिय गायिका सहिमा श्रेष्ठ तथा गायक बिक्रम रानाको नयाँ गित “मोयाले” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपाली गित संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि सुन्दरी चर्चित गायिका सहिमा श्रेष्ठ र अर्का लोकप्रिय गायक बिक्रम रानाले फरक शैलीको गित “मोयाले” सांगीतिक बजारमा लिएर आएका छन् । गीत अपलोड भएको एकै दिन मा युट्युबको ट्रेन्डिङ्गमा पर्न सफल भएको छ ।  साथै मोयाले गीतमा यति बेला टिकटक बनाउनेको संख्या झन्नै लाख पुगेको छ , यसै क्रममा एक कार्यक्रममा बोल्दै गायक बिक्रम रानाले उत्कृष्ट टिकटक बनाउने व्यक्तिलाइ दश हजार रुपैया पुरुस्कर्दिने घोषणा गरेका छन् ।

संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको यस गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् । सार्बजनिक म्युजिक भिडियोलाई छायाँकार अर्जुन तिवारीले छायांकन गरेका हुन् भने निर्देशक शिब बिकले निर्देशन गरेका छन् । भिडियोमा आकाश श्रेष्ठ र आरुषी मगरलाई फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस :

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७