शनिबार, साउन १२, २०८१

दाङमा फेसबुक लाइभ मा आई एक युवतीले गरिन् आत्महत्या

दाङको तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेकी छिन ।
तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिएका छन ।
गौतमको यस अघि विहे भएको र डिभोर्स भएको खुल्न आएको डिएसपी सिंहले भने । गौतम माइती घरमा बस्दै आएकि थिईन । आफन्त नजिक कोईरैनछन, थप कुरा पत्ता लगाउदैछौ । गौतमकि छोरी पहिलाको श्रीमान् संग भएको भन्ने कुरा छ, यसबारेमा बुझ्दैछौ उनले भने । बुवा आमा भारतमा काम गर्न गएकाले उनी कोठामा एक्लै थिइन् ।
मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा राखिएको छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७