बिहिबार, मंसिर २२, २०७९

दाङको लमही र तुलसीपुरमा गरि थप ५ जनामा कोरोना पुष्टि

अमृता के सि,दाङ २४ असार । दाङमा बुधवार थप पाँच जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा कोरोना संक्रमित थपिएका छन् । केहि समय अघि स्वाम संकलन गरी बाँकेको भेरी अस्पतालमा परिक्षणका लागी पठाईएको थियो । बुधवार भएको कोरोना परिक्षणमा तुलसीपुरका १ र लमहीका ३ जना गरी जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दाङका एक जनाको पाटल अस्पतालमा कोरोना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको छ । तुलसीपुर २ का २८ बर्षिय एक पुरुष र लमही नगरपालिका वडा नम्वर ५ का तिन जना क्रमश २४ , ३३, ३३ बर्षका पुरुष र वडा नम्वर ७ का २५ बर्षिय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

© 2022 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७