शुक्रबार, बैशाख १४, २०८१

राप्ती नदीकाे पुल मुनि एक युवककाे शब फेला

भालुवाङ , दाङकाे देउखुरी स्थित राप्ती नदीकाे पुल मुनि एक युवककाे शब फेला परेकाे छ । सिसहनियाँ-महदेवा जोड्ने राप्ती पुलमुनी आइतबार शव फेला परेको हाे ।

प्युठान जिल्ला मल्लरानी गाउँपालिका ५ बेलडाँडा निवासी गनबहादुर थापाका छोरा वर्ष २७ का दिपक थापा रहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । असार २७ गते माडी र झिमरूक नदीको बीचमा रहेको राप्ती खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो l

खोलाले बगाएर बेपत्ता भएका थापाको शव असार २८ गते आइतवार मात्रै गढवा गाउँपालिका-२ महदेवा स्थित राप्ती पुलमुनी पानीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । शवलाई पोष्टमार्टमका लागि आइतवारनै बिजुवार अस्पताल प्युठान पठाइएको प्रहरीले जानकारी दिएको छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७